1 year ago
October 6, 2024
काठमाडौं (हाम्रो खेलकुद) – हिमालयन एयरलाइन्सले एभिएशन फुटसल प्रतियोगिता २०२४ को उपाधि जितेको छ ।
गीता एभियशनले शनिवार आयोजना गरेको प्रतियोगिताको फाइनलमा नेपाली सेनाको आर्मी एयरफोर्सलाई ४-२ ले पराजित गर्दै हिमालयनले उपाधि जितेको हो ।
हिमालयनको जितमा पवन प्रजापतीले २, अनिल थापा र कञ्चन विष्टले समान १ गोल गरेका थिए । आर्मीका लागि १ गोल भरत खवासले गरेका थिए भने अर्को गोल आत्मघाती भएको थियो।
त्यसअघि सेमिफाइनलमा आर्मीले एनआरएफएफलाई र हिमालयनले बुद्ध एयरलाई पराजित गर्दै फाइनलमा भेट पक्का गरेका थियो ।
प्रतियोगिताको विजेता हिमालयनले उपाधि २ लाख र दोस्रो टोलीले आर्मीले १ लाख प्राप्त गर्यो । हिमालयनका पवन प्रजापती प्रतियोगितामाको सर्वोत्कृष्ट खेलाडी तथा सोही टोलीका सुजन बस्नेत उत्कृष्ट गोलकिपर घोषित भए ।
संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री प्रसाद पाण्डेले विजेता , उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरेका थिए ।
८ टोली सहभागिता रहेको प्रतियोगितामा अघि गीता एभियशन र चलचित्र ज्वाईं साबका कलाकारबीच प्रदर्शनी खेल भएको थियो । प्रतियोगिताको उद्घाटन गायक दिप श्रेष्ठले गरेका थिए ।
November 17, 2025
ललितपुर (हाम्रो खेलकुद)- धापाखेलस्थित जेम्स स्कुलमा रोटाकिड्स नेपालले रोटरी ई क्लब अफ डिस्ट्रिक्ट ३२९२, नेपाल र थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टरको सहकार्यमा ‘सेल्फ–डिफेन्स कार्यशाला २०२५’ आयोजना गरेको छ। ८ देखि १४ वर्ष उमेरका करिब ५० बालबालिकालाई लक्षित कार्यशालामा व्यक्तिगत सुरक्षा, स्थितिजन्य सजगता र आधारभूत आत्म–रक्षा सीप सिकाइयो। बालबालिकाको आत्मविश्वास, सजगता र सुरक्षाबोध बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको […]
November 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा छैंटौं टाइगर कप भलिबल प्रतियोगिता माघमा हुनेछ। पोखरा रंगशाला भित्रको भलिबल कोर्टमा माघ ९ देखि १९ गते (२०२६ जनवरी २३ देखि ३१ ) अन्तर्राष्ट्रिय क्लब–स्तरीय पुरुष र महिलाको भलिबल प्रतियोगिता हुने शनिवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। टाइगर समूहले प्रतियोगिताको लागि कान्तिपुर मिडिया ग्रुप […]
November 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सानदार पुनरागमन गर्दै काठमाडौं स्पाइकर्सले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा लुम्बिनी लाभाजलाई ३-२ ले हराएको छ। राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज भएको अर्थहिन खेलमा दुवै टोली जितका साथ यो सिजनको लिग अन्त्य गर्ने दाउमा रहेको थियो। जहाँ लुम्बिनीले उत्कृष्ट सुरूवात गर्यो। जहाँ २५-२३ र २६-२४ ले लगातार दुई सेट जितेर […]