11 months ago
January 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बंगलादेशमा नेपाललाई ऐतिहासिक स्वर्ण पदक दिलाएका सदभाव आचार्य सहित नेपाली गल्फ टोली आज स्वदेश फर्किएको छ।
शनिवार सम्पन्न ३८औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपमा सदभावले एकल र उनी सम्मिलित टोलीले टिम इभेन्टमा स्वर्ण पदक जितेको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल गल्फ संघका वरिष्ठ उपाध्यक्ष पवित्र कुमार कार्की, महासचिव दिपक आचार्य तथा सदस्य दीपक थापा मगर लगायतले दोहोरो स्वर्ण विजेता सदभाव, टिमना स्वर्ण जितेका राहुल विके सहित नेपाली महिला खेलाडीद्वय तारा कार्की चित्रकार र सम्झना खत्रीलाई स्वागत गरे।

४ दिने प्रतियोगितामा सदभावले समग्रमा ३-ओभर २९१ को स्कोरमा ६ स्ट्रोकको फराकिलो अन्तरमा व्यक्तिगत स्पर्धाको उपाधि जितेका थिए। उनी यो च्याम्पियनसिपको उपाधि जित्ने पहिलो नेपाली खेलाडी बनेका थिए ।
नेपालले सन् १९८८ को दोस्रो संस्करण देखि सहभागीता जनाउँदै आएपनि एकलमा उपाधि जितेको यो पहिलो पटक हो।
टिम स्पर्धामा नेपालले बंगलादेशको ‘बी’ टिमलाई १६ स्ट्रोकले माथ दिंदै स्वर्ण पदक जितेको थियो। सदभाव र राहुलको जोडीले इभन-पार २८८ स्कोरमा स्वर्ण जितेको हो। टिम स्पर्धामा कूल ८ टिमको सहभागिता थियो।

सदभाव टिम र व्यक्तिगत दुवैतर्फ स्वर्ण पदक जित्ने पनि पहिलो नेपाली खेलाडी पनि बने। व्यक्तिगत तर्फ यस अघि सुबाश तामाङले रजत तथा दिपक आचार्यले कास्य जितेका थिए। टिम तर्फ भने सुबाश र सदभावले ३६औं संस्करणमा स्वर्ण पदक जितेका थिए।
प्रतियोगितामा नेपाल सहित बंगलादेश, श्रीलंका, पाकिस्तान, भुटान, दक्षिण कोरिया, जापान र आस्ट्रेलिया गरि ८ देशका १ सय खेलाडीले भाग लिएका थिए।
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]