default_image

7 months ago

May 3, 2025

आरभ र स्वस्तिकालाई उपाधि

405 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- आरभ सम्राट हाडा र स्वस्तिका विष्टले ११ औं संस्करणको सिटिजन्स बैंक टेनिस प्रतियोगिताको उपाधि जितेका छन् ।

पुरुष सिंग्लसतर्फ आज भएको फाइनलमा निशान श्रेष्ठलाई ६–३ र ६–२ को सोझो सेटमा पराजित गरे। आरभको समग्रमा यो तेश्रो सिनियर सिंगल्स उपाधि हो ।

यसअघि उनले गणेशमान सिंह टेनिस र माछापुच्छ्रे टेनिसको उपाधि जितेका थिए । निहालजंगबहादुर थापा र राजवीर प्रधान तेश्रो भए ।

महिलातर्फ नवौं र दसौं संस्करणकी उपाधि विजेता अभिलाषा विष्टलाई माथ दिंदै स्वस्तिकाले करियरको पहिलो सिंग्ल्स उपाधि जितिन्।

लगातार तेस्रो पटक उपाधि जित्दै ह्याट्रिक गर्न दाउमा रहेकी अभिलाषाको प्रदर्शन फितलो रहयो। स्वस्तिकाले उनलाई ६–१ र ६–३ को सोझो सेटमा पराजित गरिन्।

४ वर्षे टेनिस करियरमा स्वस्तिकाको यो नै पहिलो सिनियर सिंगल्स उपाधि हो । आइशा डोल्कर गुरुङ र जेनी खड्काले तेश्रो स्थान प्राप्त गरे।

पुरुष र महिला दुवैमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ५० हजार, २५ हजार र १०/१० हजार रुपैयाँ प्राप्त गरे।

वैशाख १४ गतेदेखि सुरु भएको प्रतियोगितामा १ सय ६३ खेलाडी सहभागिता रहेको थियो । सबै स्पर्धामा गरि कुल पुरस्कार ५ लाख ८२ हजार ५ सय रुपैयाँ रहेको थियो ।

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

December 4, 2025

अर्जुनधारा महिला भलिबल- एपिएफको दोस्रो जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]

Success

Thank you for your time.