default_image

7 months ago

May 18, 2025

केसी र मानन्धरलाई लाइफटाइम एचिभमेन्ट अवार्ड

441 views

0 Bookmark

हेटौंडा (हाम्रो खेलकुद)- बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित स्पोर्टस अवार्डमा एथलेटिक्सका लिजेन्ड बैकुण्ठ मानन्धर र जित बहादुर केसीलाई लाइफ टाइम एचिभमेन्ट अचार्डबाट सम्मान गरिएको छ।

बागमती प्रदेशको राजधानी हेटौंडाको हुप्रा चौरमा आज आयोजित कार्यक्रममा मानन्धर र केसीलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड सहित समान १ लाख रुपैयाँ प्रदान गरिएको छ।

कीर्तिमानी मानन्धर

काठमाडौंका बैकुण्ठ मानन्धर नेपाली खेलकुदको जिउँदो इतिहास हुन्। म्याराथनको ट्रयाकमा उनले रचेका इतिहासहरू केवल पदकको संख्यामा सिमित छैनन्। ती त प्रेरणा, साहस, हिम्मत र गौरवको प्रतीक बनेका छन्।

दक्षिण एसियाली खेलकुद (साग) को पहिलो, दोस्रो र तेस्रो संस्करणमा लगातार म्याराथन स्वर्ण जितेर उनले नेपाली खेलकुदमा सुनौलो युगको आरम्भ गरे।

उनले सन् १९८७ मा बनाएको २ घन्टा १५ मिनेट ०३ सेकेन्डको समय आजसम्म साग म्याराथनको कीर्तिमानका रूपमा अटल छ। ३८ वर्षसम्म नटुटेको रेकर्ड। यो कीर्तिमान केवल व्यक्तिगत उपलब्धि होइन। समग्र नेपाली खेलकुदको गौरव हो।

मानन्धरले ४ ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरे। सन् १९७६ देखि १९८८ सम्म लगातार चार ओलम्पिकमा सहभागिता जनाउने उनी पहिलो र एक्लो नेपाली खेलाडी हुन्। यस्तो निरन्तरता, समर्पण र अनुशासन बिरलै देख्न पाइन्छ।

अनगिन्ती सम्मान, समर्पण, मेहनत र कीर्तिमानका धनी बैकुण्ठ मानन्धर नेपाली खेलकुदका नक्षत्र हुन्। उनको दौड ट्याकमा थामिएको भए पनि प्रेरणाको गति भने पुस्तौंसम्म रोकिने छैन।

पहिलो अन्तर्राष्ट्रिय पदक विजेता

नेपाली खेलकुदको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने गौरवशाली नाम हो, दोलाखाका धावक जितबहादुर केसी। १९७३ मा फिलिपिन्समा सम्पन्न एसियन एथलेटिक्स च्याम्पियनसिपमा उनले म्याराथन दौडमा कांस्य पदक जिते।

त्यो कांस्य पदक नै नेपालको कुनै पनि खेलबाट अन्तर्राष्ट्रिय स्तरमा प्राप्त पहिलो पदक थियो। देशको खेलकुद यात्रामा कोरिएको ऐतिहासिक मोड।
प्रशिक्षकण दौरान उनले ४ सय रुपैयाँमा नयाँ जुत्ता किनेका थिए।

तर प्रशिक्षणको पहिलो दिनमै त्यो च्यातियो। साहस हारेनन्। सापटी मागेर अर्को जुत्ता लिएर प्रतियोगितामा पुगे। दुर्भाग्यवश, म्याराथन सुरु हुन नपाउँदै मुसलधारे पानी पर्‍यो—पानी घुँडासम्म आइपुग्यो, एउटा जुत्ता हरायो। अनि अर्को जुत्ता पनि फुकालेर फाल्दिए। र खाली खुट्टामा दौडे।

उक्त म्याराथनमा उनले २ घण्टा ३५ मिनेट ३८ सेकेन्डमा दूरी पूरा गरेका थिए। तर त्यो दौड केवल समयको होड थिएन। त्यो एउटा असाधारण संघर्षको कथा थियो।

त्यसअघि १९७२ को म्युनिख ओलम्पिकमा उनले नेपालको प्रतिनिधित्व गरिसकेका थिए। तर दुर्भाग्यवश खुट्टाको चोटका कारण उनले त्यो दौड बीचमै छोड्नुपरेको थियो। सन् १९७८ को बैंकक एसियाडपछि उनले खेल जीवनबाट संन्यास लिए।

तर संन्यासले उनलाई खेलकुदबाट टाढा राख्न सकेन। उनी राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा प्रशिक्षकको रुपमा लामो समयसम्म क्रियाशील रहे।

प्रशिक्षकबाट बिदा लिएपछि पनि दशरथ रंगशाला र ट्र्याकसँग उनको आत्मीयता ज्यूँदै रह्यो। ७४ वर्षको उमेरमा समेत उनी परिषद्को कर्मचारी थिए। त्यो केवल जागिर थिएन । त्यो खेलप्रतिको समर्पण थियो।

नेपाली खेलकुदका दुई नक्षत्र मानन्धर र केसी यो सम्मानका सच्चा हकदार पनि हुन्। अवार्डमा यो पटक कुल ८ विधामा १३ खेलाडी तथा खेल व्यक्तित्वलाई अवार्ड र नगद सहित सम्मान गरिएको छ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.