4 months ago
August 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले केहि दिनमा नेपाल ओलम्पिक कमिटी (एनओसी) को तदर्थ समिति गठन तयारी भइरहेको जानकारी दिएका छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा शुक्रवार आर्थिक वर्ष २०८१/०८२ सम्पादित कार्य र नीतिगत सुधारको सार्वजनीकरण कार्यक्रम गर्दै मन्त्री चौधरीले एनओसीका सदस्य संघका २२ संघको विशेष साधारण सभामार्फत एनओसीको तसर्थ समिति गठन गरिने बताए ।
२ संघका महासचिव र बाँकी सबै संघका अध्यक्षले निवेदन एनओसीको विषयमा मन्त्रालयमा पत्र बुझाएको मन्त्री चौधरीले जानकारी दिएका छन्।
एनओसीको तसर्थ समिति गठन अघि अन्तिम पटक अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र ओलम्पिक काउन्सिल (ओसिए) लाई एनओसीको वर्तमान अवस्थाको जानकारी गराइने बताए ।
जीवनराम श्रेष्ठ नेतृत्वको एनओसीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अवैध घोषणा गरिसकेकोले एनओसीको तसर्थ समिति गठन गरिन लागेको बताए ।
सोहीमार्फत २० औं एसियाली खेलकुदमा नेपालको सहभागिताको प्रयास गरिने बताए । ‘हामी एसियाली खेलकुदका लागि सोही एनओसीमार्फत प्रयास गर्नेछौ,’ मन्त्री चौधरीले भने,’ त्यो सम्भव भएन भने अन्तिम विकल्पका रुपमा ओसिएको झन्डामा सहभागी हुनेछ।’

मन्त्री चौधरीले अर्को प्रसंगमा मन्त्रालयबाट नेपाल प्रिमियर लिग (एनपिएल) का विषयमा छानबिन गर्न गठित समितिलाई नेपाल क्रिकेट संघ (क्यान) जवाफ नफर्काएकोले अब के गर्ने विषयमा छलफल भइरहेको बताए।
‘छानबिन समितिले पत्र पठायो। क्यानले जवाफ र कागजात उपलब्ध गराएन,’उनले भने, मन्त्रालयमा छलफल भइरहेको छ। पुनः अख्तियारमा पठाउने, अर्को छानबिन समिति बनाउने वा के गर्ने छलफल भइरहेको छ। केहि दिनमा टुंगाउने छौं।’




December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]