default_image

3 months ago

August 30, 2025

आयोजक द्वारा हिमालयन फुटसल गोल्डकपको उपाधि रक्षा

477 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन एफसीले दोस्रो हिमालयन फुटसल गोल्डकप २०८२ को उपाधि रक्षा गरेको छ ।

चाबहिलस्थित भाटभटेनी हेल्थ क्लबमा शुक्रवार भएको फाइनलमा ठमेल एकता क्लबलाई १-० गोलले पराजित गर्‍दै हिमालयनले लगातार दोस्रो पटक उपाधि जितेको हो ।

प्रतिस्पर्धात्मक फाइनलमा एक मात्र निर्णायक गोल हिमालयनका श्रीकृष्ण श्रेष्ठले। हिमालयनले  ट्रफीसहित ३ लाख र टिम ठमेलले १ लाख रुपैयाँ प्राप्त गर्यो ।

हिमालयनका दीपेश श्रेष्ठ उत्कृष्ट गोलकिपर र  ठमेलका लाक्पा तामाङ उत्कृष्ट खेलाडी घोषित भए । दुबैजनाले समान १० हजार रुपैयाँ प्राप्त गरे ।

फेयर प्ले टिमको उपाधिसहित थोक्रे एफसीले २० हजार रुपैयाँ प्राप्त पार्‍यो । हिमालयन एफसीका सुरेश श्रेष्ठ उत्कृष्ट प्रशिक्षक र सन्दीप तामाङ उत्कृष्ट व्यवस्थापक चुनिँदै ५ हजार रुपैयाँ प्राप्त गरे।

नेपाल प्रहरीका डिएसपी सुकदेव खनाल, नेपाल पत्रकार महासंघ केन्द्रीय सचिव वैकुण्ठराज पराजुली, बागमती फुटबल संघका उपाध्यक्ष राजीवमान बस्नेतले विजेता उपविजेता टोली तथा विधागत उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरे।

आयोजक हिमालयन एफसीका अध्यक्ष विनोद कार्कीले युवा खेलाडीको प्रतिभा प्रस्फुटन र क्षमता अभिवृद्धिको उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको भन्दै सफलतापूर्वक सम्पन्न गर्न साथ र सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे ।

दुई दिन सम्म चलेको प्रतियोगितामा ३८ टोलीको‌ सहभागिता थियो।‌ गतबर्ष २ लाख धनराशिको पुरस्कारसहित सुरु भएको गोल्डकप हिमालयन एफसीले यो पटकबाट रनिङ ट्रफीसमेत सुरु गरेको हो ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.