default_image

3 months ago

September 17, 2025

एन्फाले फुटसल प्रशिक्षण सुरु गरेर रोकेको थियो

275 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ।

छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्।

३१ देशको सहभागितामा छनोट यसै साता सुरु हुँदैछ । त्यसअर्थ प्रतियोगिता रोकिएको भन्नु सरासर झुट थियो। एन्फाले विक्रम महर्जनलाई फुटसल टोलीको प्रशिक्षकको जिम्मेवारी दिएको थियो।

एन्फा प्रवक्ता सुरेश शाहले यस विषयमा एन्फाले अहिले प्रतिक्रिया नजनाउने बताएका छन्। हामीले के कारण नाम फिर्ता लिएको भन्ने प्रश्न गरेका थियौं। तर एन्फा मौन छ।

स्रोतका अनुसार छनोट सहभागिताका लागि खर्च बढी लाग्ने भएकोले एन्फाले नाम फिर्ता लिएको हो। प्रशिक्षण र सहभागिताको सम्पूर्ण खर्च धेरै हुने कारण एन्फाले नाम फिर्ता लिएको बुझिएको छ।

एन्फाले यसअघि छनोटमा भाग लिने गरेर नाम दर्ता गरेको थियो। प्रतियोगितामा भाग नलिने हो भने १ सय ६ दिनअघि नै नाम फिर्ता लिइसक्नु पर्ने थियो ।

त्यहि नाम फिर्ता लिएको कारण एसियाली फुटबल महासंघ (एएफसी) को अनुशासन र आचारसंहिता कमिटिले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गराएको छ।

कमिटीले अगस्ट २१ मा एन्फालाई कारवाही गर्ने निर्णय गरेको थियो। नेपाललाई अर्को संस्करणमा पनि खेल्न नपाउने गरि प्रतिबन्ध गरेको छ । एन्फाले एएफसीबाट कारवाहीको पत्र प्राप्त भएको जनाएको छ।

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.