9 years ago
May 30, 2017
फ्लोरिडा(एजेन्सी) – गल्फर टाइगर उड्सलाई डीयुआई (ड्राइभिंग अन्डर इन्फ्ल्युवेन्स) अभियोगमा सोमबार विहान प्रहरीले फ्लोरिडामा पक्राउ गरेको छ । डीयुआई नशालु पदार्थको प्रभावमा साधन चलाउदा लगाइने अभियोग हो ।

उनलाई सोमबार ३ बजे बिहान हिरासतमा लिइएको थियो । पाम बिच काउन्टी जेलको रेकर्ड अनुसार उनलाई ७ बजे थानामा दर्ता गरिएको थियो भने ३ घण्टापछि छाडिएको थियो ।
१४ पटक मेजर प्रमुख प्रतियोगिताहरुका बिजेता उड्सले आफ्नु पक्राउको कारण मादक पदार्थ सेवन नरहेको भन्दै विज्ञप्ती जारी गरेका छन् । उक्त विज्ञप्तीमा आफुले नियमित उपभोग गर्ने गरेको औषधीको मिश्रणका कारण आफुलाई अन्जानमा असर गरेको बताएका छन् ।
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]