default_image

8 years ago

December 21, 2017

रत्नजित ब्याडमिन्टन सिरिजको दोस्रो चरणमा

178 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर एक ब्याडमिन्टन खेलाडी रत्नजित तामाङ राजधानीमा जारी योनेक्स नेपाल अन्तर्राष्ट्रिय ब्याडमिन्टन सिरिजअन्तर्गत मेन्स सिंगल्सको दोस्रो चरणमा पुगेका छन् ।


रत्नजित तामाङ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बिहिबार दुई खल जित्दै रत्न दोस्रो चरणमा प्रवेश गरेका हुन् । पहिलो खेलमा भारतका ध्रुवकुमारलाई २१–१७ र २१–१६ को सोझो सेटले हराएका रत्नले अर्को खेलमा भारतकै एस योगीलाई २१–१६ र २१–१३ ले पराजित गरे ।

मेन्स सिंगल्सका अन्य खेलमा दीपेश धामीले भारतका साइ चरण कोयालाई १४–२१, २१–१७ र २२–२० को सेटमा पराजित गरे । प्रिन्स दाहालले नेपालकै विष्णु कटवाललाई पराजित गर्दै अघिल्लो चरण पुग्न सफल भए । साजन ताम्राकारले प्रफुल महर्जनलाई २१–१२ र २३–२१ को सेटमा पराजित गरे । अन्य खेलमा नेपालका खेलाडीहरु आ–आफ्ना प्रतिद्धन्द्धीहरुसँग पराजित भए ।

वमन्स सिंगल्समा नेपाली खेलाडीको प्रदर्शन निराशजनक बन्यो । नेपाल नम्बर एक महिला खेलाडी रत्नकी दिदी नङ्सल तामाङ भारतकी साइली रानीसँग १३–२१, २१–१४ र २१–१२ को सेटमा पराजित भइन् । अनुमाया राई प्रनाली करनीसँग, जेसिका गुरुङ एलिना सुल्तानीसँग, सुनैना मुखिया कस्यपसँग, अमिता गिरी मुघा अग्रेसँग र शोभा गौचन विधु नैरसँग हारिन् ।

पुस ९ गतेसम्म सञ्चालन हुने सिरिजमा १९ देशका २ सय २५ खेलाडीले प्रतिस्पर्धा गरिहेका छन् । प्रतियोगितामा मेन्स÷वमन्स सिंगल्स र डबल्स तथा मिक्स डबल्स गरि कुल ५ विधा समावेश छ । सिरिजमा नेपालबाट १२ महिला र २० पुरुष खेलाडीले भाग लिइरहेका छन् ।

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

December 4, 2025

अर्जुनधारा महिला भलिबल- एपिएफको दोस्रो जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]

Success

Thank you for your time.