8 years ago
January 16, 2018
महेन्द्रनगर (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद च्याम्पियनसिप अन्तर्गत ३९ औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा एपिएफकी शिक्षा श्रेष्ठ र शोभा गौचनले विजयी सुरुवात गरेका छन् । शिक्षाले सुदूरपश्चिमकी निलिमा महरालाई २३–२१, २१–५ ले र शोभाले प्रशुन्ता खत्रीलाई २१–७, २१–१२ ले हराउँदै अघिल्लो चरणको यात्रा तय गरे ।
महेन्द्रनगरस्थित कभर्डहलमा भएको प्रतियोगितामा मध्यमाञ्चलकी तारा आलेले पश्चिमाञ्चलकी आकृती के.सी.लाई २१–८, २१–१९ले हराइन् । पूर्वाञ्चलकी सुनैना मुखियाले सुदूरपश्चिमकी विष्णा बिष्टलाई २१–११, २१–१४ले, पूर्वाञ्चलकी सिमा राजबंशीले मध्यपश्चिमकी पुष्पा शाहीलाई २१–४, २१–५ले, सेनाकी अनुमाया राईले मध्यपश्चिमकी कामना ओलीलाई २१–४, २१–३ ले पराजित गरिन् ।
त्यस्तै मध्यमाञ्चलकी सोफी खत्रीले पश्चिमाञ्चलकी सुन्दरा खनाललाई २१–१२, २१–७, पूर्वाञ्चलकी निता लम्सालले पश्चिमाञ्चलकी सकुन्तला भुषाललाई २१–१०, २१–९, सेनाकी रशिला महर्जनले मध्यपश्चिमकी रितु लिगललाई २१–६, २१–६ ले हराउँदै अघिल्लो चरण पुगेका छन् ।
अन्य खेलमा मध्यमाञ्चलकी श्रेया प्रधानले मध्यमाञ्चलकी सुईजोङ्ग जि.एम.लाई २१–३, २१–३, एपिएफकी सिता राईले मध्यमाञ्चलकी मनिषा खड्कालाई २१–१३, २१–१२, पूर्वाञ्चलकी जेशिका गुरुङ्गले सुदुरपश्चिमकी रञ्जना भट्टलाई २१–७, २१–११, मध्यपश्चिमकी दूर्गा शर्माले पश्चिमाञ्चलकी सुन्दरी थारुलाई २१–६, २१–१० ले तथा सेनाकी अमिता गिरीले मध्यमाञ्चलकी महिमा श्रेष्ठलाई २१–५, २१–२ ल हराइन् ।
मंगलबार भएको पुरुष तर्फको छनोट चरणमा विजयी हुँदै पश्चिमाञ्चलका विश्वास नेपाल र विशाल खड्का, पूर्वाञ्चलका प्रनिश सिंह ठकुरी र सुदूरपश्चिमका चिरण बिष्ट मुख्य प्रतिस्पर्धाका लागि छनोट भएका छन् । प्रतियोगिताको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले उद्घाटन गरेका थिए ।
सो अवसरमा सुदूरपश्चिमका उदियमान खेलाडी दिपेश धामीलाई नगद १५ हजार सहित सम्मान गरिएको थियो । यस्तै सुदूरपश्चिममा ब्याडमिन्टन खेलको विकासमा पु¥याएको सहयोगको लागि क्षत्रनारायण खत्रीलाई पनि सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।
पाँच विकास क्षेत्र र तीन विभागिय टोलीको सहभागिता रहेको प्रतियोगितामा पुरुष महिला एकल तथा जोडी मिक्स जोडी र पुरुष महिला टिम ईभेन्टसमा प्रतिस्पर्धा हुनेछ । प्रत्येक क्षेत्रमा ७ पुरुष र ५ महिला गरि ५६ पुरुष र ३५ महिला खेलाडीहरुको सहभागिता रहेको छ ।
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]