8 years ago
February 27, 2018
दिपक न्यौपाने
बुटवल – त्रिभुवन आर्मी क्लबका प्रनव खनाल र मायांका राणाले बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको एकल उपाधि जितेका छन् ।देविनगरस्थित लन टेनिस कोर्टमा मंगलबार भएको पुरुष एकलको फाइनलमा प्रनवलेसन्तोष खत्रीलाई ६–२, ६–२ को सोझो सेट हराए । मायांकाले महिला एकलको फाइनलमा बहिनी माहिका राणालाई ७–५, ६–३, ६–२ ले हराइन् ।
विजेता दुवैले उपाधिसहित समान ५५ हजार रुपैयाँ प्राप्त गरे । दुवैतर्फका दोस्रो भएका खेलाडीले समान २५ हजार रुपैयाँ प्राप्त गरे । पुरुषतर्फ जितेन्द्र परियार र प्रदिप खड्का तथा महिलातर्फ माथेमा र अभिलाषा विष्ट तेस्रा भए । तेस्रा सबैले समान १० हजार रुपैयाँ प्राप्त गरे ।
फन डबल्सको उपाधि कमल भण्डारी र अनिल सेन्चुरीको जोडीले जित्यो । कमल र अनिलको जोडीले फाइनलमा जितेन्द्र परियार र अब्दुल सहमदको जोडीलाई ८–१ ले हराएको थियो । कमल र अनिलको जोडीले ३५ हजार तथा जितेन्द्र र अब्दुलको जोडीले २० हजार रुपैयाँ प्राप्त प्राप्त गर्यो ।
भेट्रान ३५ वर्ष माथिको उमेर समूहको उपाधि कमल भण्डारीले जिते । कमलले फाइनलमा रोहित सुनुवारलाई ६–२, ६–० ले हराए । कमलले ४५ र रोहितले २५ हजार रुपैयाँ प्राप्त गरे । प्रमाणपत्र, मेडल प्राप्त गरेका छन । तेस्रो भएका राजु श्रेष्ठ र आत्माराम कार्कीले समान १० हजार रुपैयाँ प्राप्त गरे ।
४५ वर्ष माथि उमेर समूहको उपाधि चन्द्र शाहीले जिते । चन्द्रले फाइनलमा विमल गुरुङलाई ६–०, ७–५ ले हराए । धर्मसिह लामिछाने र विकास गुरुङ तेस्रा भए । भेट्रान्स ५५ वर्ष मिाथको उमेर समूहको उपाधि आईटिएफका कोअर्डिनेटर तथा राष्ट्रिय प्रशिक्षक कृष्ण प्रसाद घलेले जिते । उनले फाइनलमा कमल थापालाई ६–१ ले पराजित गरेका थिए । भेट्रान ४५ र ५५ वर्ष माथिका विजेताले ३५ हजार, दोस्रो हुनेले २० र तेस्रो खेलाडीले १० हजार रुपैयाँ प्राप्त गरे ।
बुटवल उप महानगरपालिकाका प्रमुख शिवराज सुवेदी, क्लबका अध्यक्ष गोपाल ज्ञवाली, अखिल नेपाल लन टेनिस संघका ज्योती राणा, पूर्वअध्यक्ष मनोज राणा, नेपाली काग्रेसका नेता हरि लम्सालले विजेता खेलाडीलाई पुरस्कृत गरे । लन टेनिस संघका अध्यक्ष ज्योती राणाले लन टेनिसको प्रचारप्रसारमा महत्वपूर्ण योगदान दिएको भन्दै क्लबका अध्यक्ष गोपाल ज्ञवालीलाई सम्मान गरिन् । संघका पूर्वअध्यक्ष मनोज राणाले क्लबलाई २५ हजार रुपैयाँ सहयोग गरे ।
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]