default_image

8 years ago

March 1, 2018

विकासको टेनिस यात्रा

178 views

0 Bookmark

दिपक न्यौपाने
बुटवल –पाल्पा जिल्लाको तालतुङमा २४ बर्ष अगाडि जन्मिएका विकास खड्काले ६ कक्षासम्म पढ्दा सपना बुनेका थिए – लाहुरे बन्ने । जब उनी स्कुले जीवनको दौरानमा राजधानी छिरे उनले लाहुरे बन्ने सपना छाडे, उनी खेलतर्फ लोभिए । काठमाडौंको केएमसीमा पढेका विकास १३ बर्ष देखि लन टेनिसमा आफुलाई जमाउने कोशिसमा छन् ।

 

त्यसो त उनी लन टेनिसका राष्ट्रिय खेलाडी तथा नेपालका कान्छा प्रशिक्षक बनिसकेका छन् । पाल्पाको उकालो ओरालो गर्दै हुर्केका विकासले काठमाडौंमा सुमन सोमाइसँग भेटे त्यसपछि उनी टेनिसतर्फ मोडिए । पहिला कराते खेल्ने विकास साथीभाईको संगतले टेनिसमा लागिरहे । त्रिभुवन आर्मी क्लबबाट टेनिस खेल्दै आएका विकास लन टेनिस सघं रुपन्देही र बुटवल लन टेनिस क्लबमा आबद्ध छन् । उनी न्यू होराइजनका विधार्थीलाई पनि प्रशिक्षण दिइरहेका छन् ।

प्रशिक्षकका रुपमा परिचय बनाउँदै गएका विकासले राजधानी हुँदा श्यामकृष्ण जिसीको प्रशिक्षणमा आफुलाई निखार्ने काम गरे । जागिरसँगै खेललाई पनि अघि बढाए हाम्रो खेलकुद डटकमलाइ उनले भने, अनुशासन र मेहेनत गर्दै जाँदा यहाँसम्मको यात्रा तय गर्न सफल भएको छु । तर पनि गर्न बाँकी धेरै छ । लिटल एन्जल्समा जुनियर टेनिसको फाइनलमा पुगेपछि उनमा टेनिसको लत जस्तै बस्यो । उनी यहि खेलमा स्थापित हुनेमा उनी जुटे ।

‘पाचौं र छैटौंमा मध्यमान्चलबाट तेस्रो तथा सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेको थिए,’ विकासले थपे, ‘त्यसपछि पनि निरन्तर खेलमा रहे । अहिले सम्म पछाडि फर्कनु परेको छैन ।’ भारत,थाइल्यान्ड र बँगलादेश पुगेर खेलेको अनुभव बटुलिसकेका उनी थाइल्यान्डमा भएको कोचिङमा कोर्समा उत्कृष्ट बनेका थिए ।

नेपाल सेनामा रहेका दाई दिपेन्द्र खड्काको आफ्नो खेल जीवनमा निकै ठूलो साथ रहेको विकास सुनाउँछन् । बुटवल आएपछि गोपाल ज्ञवाली,अर्जुन गुरुङ,अशोक गुरुङ लगायत धेरैको सहयोग पनि टेनिसमै भविष्य देखेका उनले विदेश जाने योजनामा पनि थाती राखेका थिए ।

बुटवल लन टेनिसको कोर्टमा २० जना बालबालिकालाई प्रशिक्षण दिइरहेका विकास विभिन्न उमेर समूहका खेलाडीलाई पनि टेनिसको ज्ञान सिकाउने गर्छन् । ‘केहि वर्षमा बुटवलबाट पनि टेनिसका स्तरीय खेलाडी तयार हुनेछन्,’ उनले थपे, ‘तर त्यसका लागि अभिभावकले पनि खेलकुदको महत्व दिएर छोराछोरीका लागि खेल्ने अवसर जुटाइदिनु पर्दछ ।’

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

December 4, 2025

अर्जुनधारा महिला भलिबल- एपिएफको दोस्रो जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]

Success

Thank you for your time.