8 years ago
March 9, 2018
पोखरा (हाम्रो खेलकुद) – नेपाल नम्बर १ गल्फर शिवराम श्रेष्ठलाई प्ले अफको अतिरिक्त दोस्रो होलमा हराउदै धन बहादुर थापा वेस्टर्न ओपन गल्फको उपाधि जित्न सफल भएका छन। उनको यो करियरको तेस्रो उपाधि हो ।
तस्बिर : एनएसजेएफअन्तिम दिन शिवरामले २ अन्डर ७० र धनले १ ओभर ७१ अंक जोडदा दुवै समग्रमा ६ ओभर २१६ को नतिजामा टाई भएका थिए। अन्तिम १८ होलको खेल सुरू गर्दा शिवराम लिडर जयराम भन्दा ५ स्ट्रोकले पछि थिए। दुई दिनका लिडर जयरामले सुरूदेखी खेल बिगार्दा उपाधिको लागि शिवराम र धनबीच प्रतिस्पर्धा चल्यो।शिवरामले पाँचौ होलको बोगीका विरूद्ध तेस्रो होलको बर्डीले फ्रन्ट नाईन ईभन पार ३५ मा सकाए।
धनले पाँचौ होलमा बर्डी प्रहार गरेपनि सातौ होलको बोगी र नवौ होलको डबल बोगीले फ्रन्ट नाईन २ ओभर ३७ मा पूरा गरे । फ्नट नाईन सकिंदा शिवराम १ स्ट्रोकले अगाडी थिए। १० औ होलमा शिवरामले ईगलको सफलता प्राप्त गर्दा धनले पार खेलेसँगै शिवरामको अग्रता ३ स्ट्रोकमा पुग्यो। १२ औ होलमा शिवरामले बोगी खेपे भने धनले पनि१५ औ होलमा एक सट खेर फाल्दा अन्तिम तीन होलको खेल बाकीछदा सम्म शिवराम ३ स्ट्रोकको अग्रता सहित उपाधिको नजिक पुगिसकेका थिए। तर धनले १६ औ र १७ औ होलको बर्डी अनि १७ औ होलमा शिवरामले बोगी प्रहार गर्दा खेल बराबरीमा पुग्यो। १८ औ होल दुवैले पार खेले र ५४ होलको समाप्तीमा दुई खेलाडीले ६ ओभर २१६ जोडे पछी खेल प्ले अफमा पुग्यो। पहिलो अतिरिक्त होलको प्ले अफमा दुवैले पार खेले। दोस्रो अतिरिक्त होलको प्ले अफमा शिवरामले बोगी खेलदा धनले पारमा बाजी मारे।
३ओभर ७३ अंक जोडी समग्रमा ९ ओभर २१९ को नतिजामा भुवन नगरकोटी तेस्रो भए। दुईदिनका लिडर जयरामले बिर्सनलायक १२ ओभर ८२ अंक जोडदा १३ ओभर २२३ को नतिजामा भु बहादुर गुरूङसँग चौथो स्थान बाडे।
एमेच्योर तर्फ २२४ अंकका साथ ९ स्ट्रोकको फराकिलो अन्तरमा लोकल गल्फर अजित बिकेले करयरको पहिलो उपाधि जिते। काउन्ट ब्याकमा २३३ अंक सहित सुरेश तामाङ दोस्रो भए।
करियरको तेस्रो उपाधि जितेका धनले नगद १ लाख १५ हजार हात गरे। दोस्रो भएका शिवरामले ७४ हजार र तेस्रो भएका भुवनले ५३ हजार प्राप्त गरे ।
सुर्य नेपाल गल्फ टुरको सातौं प्रतियोगितामा २६ प्रो र १७ एम्च़ोर गरी ४३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। शनिवार प्रो याम प्रतियोगिता हुनेछ।
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]