8 years ago
March 13, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबकी द्धय खेलाडी नङ्सल देवी तामाङ र रशिला महर्जन राजधानीमा जारी १४ औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला व्याडमिन्टन प्रतियोगिताको महिला एकलतर्फ फाइनलमा पुगेका छन् ।
हल्चोकस्थित एपिएफको मुख्यालयमा भएको सेमिफाइनलको नङ्सलले एपिएफकी शोभा गौचनलाई २१–१२ र २१–१३ को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेकी हुन् । रशिलाले झापाकी जेसिका गुरुङलाई २१–१३ र २१–१७ ले पराजित गर्दै नङ्सलसँगको भेट पक्का गरिन् ।
पुरुष एकलतर्फ आर्मीका रत्नजित तामाङले आफ्नै क्लबका प्रफुल्ल महर्जनलाई २१–११ र २१–८ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए । यस्तै अर्को खेलमा दार्चुलाका प्रिन्स दाहालले भोजपुरका विकास श्रेष्ठलाई २१–१८ र २१– १८ ल हराए । आर्मीका नविन श्रेष्ठले एपिएफका साजनकृष्ण ताम्राकारलाई २१–१९ र २१– १२ ले तथा एपिएफका दिपेश धामीले आफ्नै क्लबका विजित थापामगरलाई २१–१९ र २१– ११ ले पराजित गरे ।
४५ वर्षमाथि भेन्ट्रान्स युगलतर्फ जेष्ट व्याडमिन्टन एकेडेमीका नविनबावु श्रेष्ठ र श्याम पराजुलीको जोडी, काठमाडौंका राजु महर्जन र सुनिल बज्राचार्यको जोडी, काठमाडौंका भूमि गुरुङ्ग र कर्ण शाहीको जोडी र ग्यालेक्सी क्लवका राजु भुजु र हरिप्रसाद श्रेष्ठको जोडी सेमिफाइनलमा पुग्यो ।
पुरुष युगतलतर्फ आर्मीका रत्नजित तामाङ र नविन श्रेष्ठको जोडी, एपीएफका गौतम कठायत र विशाल प्रधानको जोडी, एपीएफका सुदिप सेढाँई र साजनकृष्ण ताम्राकारको जोडी र आर्मीका रुकेश महर्जन र पविन लिन्थिपको जोडीले क्वार्टरफाइनलमा स्थान बनाए ।
यसैगरी नेपाल पुलिस क्लवका दिपक बोहोरा र जीवन आचार्यको जोडी, एपिएफका दिपेश धामी र बिजित थापामगरको जोडी, बाँकेका रियाज अन्सरी र इरफान अन्सारीको जोडीले अन्तिम आठमा स्थान बनाउदा आर्मीका सुरज महर्जन र प्रफुल्ल महर्जनको जोडीले वाक ओभर पाए ।
१७ वर्षमुनि पुरुष एकलतर्फ आर्मीका प्रफुल्ल महर्जन, पुलिस स्कूलका एलिस थापा, कैलालीका देवराज राणा, मोरङका उज्ज्वल पोखरेल, कैलालीका योगेश खड्का, आर्मीका रिजेन महर्जन, दार्चुलाका प्रिन्स दाहाल र प्रभात स्कूलका दिवस शाहीले क्वार्टरफाइनलमा स्थान बनाए ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]