default_image

8 years ago

April 27, 2018

आइएमईं जेटिआई जुनियर लन टेनिस अर्को महिना

202 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइएमईं जेटिआई ग्रान्ड जुनियर ओपन लन टेनिस प्रतियोगिता जेठ पहिलो साता आयोजना हुने भएको छ । आइएमईं फाउन्डेसनको आयोजना तथा नेपाल लन टेनिस एसोसिएसनको सहयोग र जुनियर टेनिस इनिसिएसन (जेटिआईं) को संयोजनमा जुनियर टेनिस प्रतियोगिता जेठ ६ गतेबाट १२ गते सम्म हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगिता काठमाडौंस्थित नाउलिङ स्पोर्टस् भिल्ला सुन्दरवस्ती भंगाल र मण्डिखाटार टेनिस क्लबमा हुनेछ । प्रतियोगिताको मुख्य प्रयोजन बनेको आइएमईं फाउन्डेसनले प्रतियोगिताको लागि ३ लाख ५४ हजार उपलब्ध गराउनेछ ।

प्रतियोगितामा ८ वर्षमुनि, ९ वर्षमुनि, १० वर्ष मुनि, १२ वर्षमुनि र १४ वर्षमुनि गरी ५ उमेर समूहमा प्रतिस्पर्धा हुने जेटिआई संयोजक कृष्ण राज घलेले जानकारी दिए । प्रतियोगितामा १ सय ५० भन्दा बढीको सहभागिताको अनुमान आयोजकले गरेको छ । प्रतियोगिताको १४ वर्ष मुनिको विजेताले थाइल्याण्डको हवाई टिकट प्राप्त गर्नेछन् ।

दोस्रो हुनेले ५० प्रतिशत छुटम हवाई टिकट प्राप्त गर्नेछ । तेस्रो हुनेले चन्द्रागिरी केवलकारको टिकट पाउनेछ । यस्तै १२ वर्षको उमेर समूहको विजेताले दिल्लीको टिकट पाउनेछ । १० वर्ष उमेर समुहको विजेताले निशुल्क प्रशिक्षण पाउने आयोजकले जनाएको छ ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.