8 years ago
May 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) – चार वर्षअघि इन्चोन एसियाली खेलकुदमा करातेका दुई जना खेलाडी सबै भन्दा निराश भएर स्वदेश फर्केका थिए । कारण थियो स्वदेशबाट एसियाड खेल्ने उत्साहका त्यहाँ पुगेका उनीहरु दर्शक दिर्घामा सिमित भएर फर्केका थिए ।
यद्दपी आफुनो पीडालाई भुलाउने प्रयास गर्दै उनीहरुले बाँकी साथीको हौसला बढाउन भने कुनै कसर बाँकी राखेनन् । ती थिए दक्षिण एसियाली खेलकुद (साग) की पदक विजेता गंगा अधिकारी र चञ्चला दनुवार ।
कराते महासंघको चरम विवाद र नेपाल ओलम्पिक कमिटीको गैरजिम्मेवारी कदमका कारण उनीहरु दर्शकका रुपमा सिमित भएर फर्कन बाध्य भएका थिए । राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता प्राप्त कराते महासंघको खिचातानी र अलग अलग खेलाडी सिफारिस गरेकाकारण त्यहाँ एउटै तौल समूह र व्यक्तिगत कातामा २/२ खेलाडीले भाग लिएका थिए ।
चञ्चला र गंगाले राष्ट्रिय मान्यता प्राप्त कराते तथा विमला तामाङ र अनुपमा मगरले अन्तर्राष्ट्रिय मान्यता प्राप्त करातेको सिफारिसमा कोरिया यात्रा गरेका थिए । अन्तमा विमला र अनुपमाले प्रतिस्पर्धा गरे । चञ्चला र गंगाले खेल्न पाएनन् । संयोगवश व्यक्तिगत कातामा मौका पाएकी विमलाले कास्य पदक जितिन् । नेपालले १७ औं एसियाली खेलकुदमा जितेको त्यो एकमात्र पदक थियो ।
समय बदलिएको छ । यसपटक भदौंमा इन्डोनेसियाका जाकार्तामा हुने एसियाडमा नेपालको दुई वटा टोली हुने छैन । एउटै मात्र टोली बनाउने प्रयास स्वरुप कराते खेलाडीको अन्तिम छनोट आइतबार सम्पन्न भएको छ । त्यसमा छनोट हुन सफल भएकी छिन्, उनै चञ्चला । विमला विदेशमा रहेका कारण छनोटमा सहभागी थिइनन् ।
नेपाल पुलिसकी चञ्चलाले फाइनलमा नेपाल एपीएफ क्लबकी सुनिता श्रेष्ठलाई ४–१ ले हराएर जकार्ता एसियाडलाई स्थान पक्का गरिन् । एसियाडलाई लागि पुनः छनोट हुँदा खुसी लागेपछि पुरानो कुरा सम्झदा दुःख लाग्ने बताइन् । ‘ चार वर्षअघि छनोट हुन सफल भएकी थिए, ‘उनले स्मरण गरिन्, ‘तर, विवादले गर्दा खेल्ने पाइन । दर्शकको रुपमा बस्न बाध्य भए ।’
यसपटक भने खेल्न पाउनेमा उनी विश्वस्त छिन् । ‘दुवै कराते मिलेर खुल्ला प्रतिस्पर्धाबाट एसियाडलाई खेलाडी छनोट गरिएको छ । त्यसैले यसपटक पहिला जस्तो नहोला,’ आशावाी हुँदै उनले थपिन्, ‘पुरानो एसियाडको पीडालाई भुलेर यसपटक राम्रो तयारी गरिरहेको छु । तयारी राम्रै भैरहेको छ । छनोट हुनेमा आशावादी थिए, सफल भए । अब राष्ट्रका लागि पदक जित्ने लक्ष्य छ ।’
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]