default_image

8 years ago

May 21, 2018

टेनिसको छनोट प्रतियोगिता गराउन माग

146 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– तीन महिनापछि आयोजना हुने जाकार्ता एसियाडका लागि लन टेनिसको छनोट प्रतियोगिता गर्न खेलाडीका अभिभावकले माग गरेका छन् । लन टेनिस खेलाडी प्रेरणा कोइरालाका बुवा तथा नेपाल टेनिस संघका केन्द्रिय सदस्य पुरुषोत्तम कोइरालाले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै एसियाडका लागि खेलाडी छनोट प्रतियोगिता गर्न माग गरेका हुन् ।

‘हाम्रो कुनै पनि ठुलो माग छैन । एसियाडमा राम्रो खेलाडीले खेल्न पाउनुपर्छ मात्रै भनेको हो ’ पत्रकार सम्मेलनमा कोइरालाले भने, ‘छनोट प्रतियोगिता नै नगरी एसियाडमा खेलाडी पठाउनु राम्रो हैन । हाम्राले भन्दा पनि राम्राले खेल्न पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’

राखेप च्याम्पियनसिप भएको पनि सात महिनाभन्दा बढी समय बितिसकेको नयाँ छनोट हुनुपर्ने कोइरालाले माग गरेका छन् । ‘यो अवधिमा राम्रो गर्ने खेलाडी अघि बढिरहेका छन् । नराम्रो गर्ने खेलाडी तल झरिरहेका छन्, उनले भने,‘ तर, यसैलाई आधार मानेर एसियाडका लागि खेलाडी पठाउनु राम्रो नहुने भन्दै छनोट प्रतियोगिताको माग गरेका हौं ।’

उनले थपे ‘राखेपमा पनि कुनै पनि प्रतियोगिता भएको चार महिनाभन्दा बढी समय भएको खण्डमा फेरि छनोट प्रतियोगिता खेलाउनु पर्ने रहेछ । संघले त्यो किन गरेन । हामीलाई थाहा भएन ’ उनले भने । संघले यसअघि गरेको प्रतिबद्धताको पनि व्यवस्था गरेको कोइरालाको आरोप छ ।

‘राखेप च्याम्पियनसिप हुने समयमा हामी बंगलादेशमा एसियाली टेनिस संघको प्रतियोगिता खेल्न जाने तय भएको थियो । त्यसैले हामीले यी सबै कुरा राख्दा अध्यक्ष ज्योति राणाले नै ‘हुन्छ तर अहिले निवेदन दिएर जानुहोस्, त्यसले पछि हुने छनोट प्रतियोगितामा सहभागी हुन सहज हुनेछ भन्नुभएको थियो ।’ प्रेरणाका बुवा पुरुषोत्तम कोइरालाले पत्रकार सम्मेलनमा भने, ‘अहिले त्यही कुरा गर्दा मैले भनेकै छैन भन्नुभएको छ । अध्यक्षजस्तो जिम्मेवार व्यक्तिले यसरी कुनै पनि खेलाडीको भविष्यमाथि खेलवाड गर्न मिल्छ ? मैले यही खेलाडी जानुपर्छ भनिरहेको छैन । तर, छनोट प्रतियोगितामार्फत आउने उत्कृष्ट खेलाडीलाई पठाउनुपर्छ भनेको हुँ ।’

एसियाली खेलकुदका लागि छनोट भएका दुवै खेलाडीलाई पछिल्लो प्रतियोगितामा प्रेरणाले पराजित गरेकाले उनलाई एसियाडबाट बाहिर राख्नु अन्यायपूर्ण हुने बताए । ‘प्रेरणाले मायांकालाई ६ महिनाअघि र माहिकालाई यसै महिनाको सुरुमा भएको प्रतियोगितामा पराजित गरेकी छन् ।’ कोइरालाले भने, ‘मैले मेरी छोरीले एसियाड खेल्न पाउनुपर्छ भनेको हैन तर छनोट प्रतियोगितामार्फत नै खेलाडी छनोट गर्नुपर्छ भनेको हुँ ।’

नेपाल टेनिस संघले अगस्ट १८ तारिखबाट सुरु हुने एसियाडका लागि महिलातर्फ जुम्ल्याहा दिदीबहिनी मायांका राणा र माहिका राणा तथा पुरुषमा संरक्षकभुषण बज्राचार्य र अभिषेक बास्तोलालाई छनोट गरेको छ । उनीहरुले गत मंगलबारबाट एसियाडको तयारीका लागि बन्द प्रशिक्षणमा बसिसकेका छन् ।

संघले माग्यो स्पष्टिकरण
यही विषयमा नेपाल टेनिस संघले बुवा छोरीलाई ३ दिन भित्र स्पष्टिकरण माग गरेको छ । संघका महासचिव मनोहर दास मुलको हस्ताक्षरमा बिहिबार जारी गरेको विज्ञप्तीमा केन्द्रिय कार्यसमिति जस्तो गरिमामय र जिम्मेवार पदमा रहेर विधान विपरित कार्य गरेको भन्दै संघको विधानको दफा २० को खण्ड (ख) बमोजिम केन्द्रिय सदस्यबाट बर्खास्त गर्नु नपर्ने भए ३ दिनभित्र स्पष्टिकरण दिन माग गरेको छ ।

यस्तै खेलाडी प्रेरणा कोइरालालाई संघको विधानको दफा १५ को उपदफा १ को खण्ड (य) बमोजिम अनुशासनात्मक कारवाह अन्र्तगत संघसँग आबद्ध कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा १ वर्षसम्म सहभागी हुन नपाउने कारवाही गर्नु नपर्ने नभए चित्त बुझ्दो कारणसहित ३ दिनभित्र स्पष्टिकरण दिन माग गरेको छ ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.