default_image

8 years ago

May 23, 2018

करातेलाई एसियाडमा पदक जित्ने चुनौति

180 views

0 Bookmark

पोखरा (काठमाडौं)– कराते नेपाली खेलकुदको सफल खेल मध्येको एक । एसियाली खेलकुद (एसियाड) मा पनि नेपाललाई पदक दिलाउने खेलमा कराते पर्दछ । पछिल्लो पटक दक्षिण कोरियाको इन्चोन एसियाड (सन् २०१४) मा पनि नेपाललाई पदक दिलाउने एक्लो खेल कराते नै थियो ।

यद्दपी त्यति बेला सहभागिताका हिसाबले सबैभन्दा विवादित खेल त्यहि रह्यो । एउटै तौल समूह र व्यक्तिगत कातामा २/२ खेलाडी इन्चोन पुर्याउने सम्भवत नेपाल मात्र थियो । नेपालले दुई खेलाडी लगेपछि एउटा तौल समूह र एकल कातामा एक एकले प्रतिस्पर्धा गर्ने मौका पाए ।

त्यसमा मौका पाउने विमला तामाङ कातामा कास्य पदक जित्दै नेपाललाई पदक विहिन हुनबाट जोगाइन् । त्यो नेपाली खेलकुदको इतिहासमा दर्ज भइसकेको छ । विमला नेपाललाई एसियाडमा पदक जित्ने तेस्रो खेलाडी र दोस्रो महिला खेलाडी बनेकी थिइन् ।

पहिलो पटक नेपाललाई एसियाडमा पदक दिलाउने सिता राई हुन् । जसले १९९४ को हिरोसिमा एसियाडमा कास्य पदक जितेकी थिइन् । त्यसको चार वर्षपछि बैंकक एसियाडमा समरबहादुर गोलले कास्य पदक जितेका थिए । त्यसको १६ वर्षपछि विमलाले करातेमा नेपाललाई पदक दिलाइन् ।

अब तीन महिनापछि इन्डोनेसियाको जाकार्तामा आयोजना हुने १८ औं एसियाडमा नेपाली खेलकुदको प्रदर्शन कस्तो रहला । खेल प्रेमी अझ त्यसमा पनि कराते प्रेमीले चासो राख्नु स्वभाविक रहन्छ । यसअघिको सफलतालाई जोगाउन सक्ला वा त्यो भन्दा पनि उच्च प्रदर्शन गर्ला । या निराश भएर फर्कन पर्ला ?

त्यहि एसियाडलाई मध्यनजर गर्दै नेपाली टोली अहिले पोखरामा प्रशिक्षणमा रहेको छ । यसपटक भएको विवादरहित छनोट पार गरेका ८ खेलाडीलाई प्रशिक्षणका लागि केहि दिनदेखि पोखरामा छन् ।

एक काताका परशुराम बास्तोला टोलीका सबैभन्दा सिनियर खेलाडीमा हुन् । पछिल्लो एसियामा पाँचौं स्थान प्राप्त गरेका उनी यसपटक पदक जित्नेमा आशावादी छन् । उनी दक्षिण एसियाली खेलकुद (साग) का कास्य पदक विजेता हुन् ।

डेढ दशकदेखि करातेमा आबद्ध चञ्चला दनुवारले यसपटक एकल कातामा नेपालको प्रतिनिधित्व गर्दैछिन् । यसअघि एसियाडको विवादमा शिकार हुने मध्ये उनी एक हुन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल कराते महासंघका विवादका कारण अलग अलग खेलाडी छनोट गरिएको थियो ।

जसमा पदक विजेता र चञ्चला एकल काताका मा सहभागी हुन कोरिया पुगेका थिए । चञ्चलाले अवसर पाइनन् भने अवसर पाएकी विमलाले पदक जितिन् । यसपटक फेरि चञ्चला एसियाडका लागि छनोट भइकी छिन् । यसपटक भने काताका लागि उनी एक्लै जाकार्ता पुग्नेकी छिन् । उनी पदक पदक जित्नेमा आशावादी छिन् ।

सागकी रजत पदक विजेता अनु अधिकारी दोस्रो पटक एसियाडमा भाग लिने तयारीमा छिन् । त्यस्तै दिव श्रेष्ठ पनि दोस्रो पटक एसियाडको लागि प्रशिक्षणमा छन् । अघिल्लो एसियाडमा पाँचौं भएका दिवसले भने, यसपाली पदक जित्ने आशा गरेको छ ।’

सागका दुई पटकका स्वर्ण विजेता एवंम् एसियाडको अनुभव गरेका दीपक श्रेष्ठ कुमुतेतर्फका खेलाडीलाई प्रशिक्षण दिइरहेका छन् । कातामा सिनियर प्रशिक्षक हिरासिंह डंगोल छन् । श्रेष्ठ खेलाडीलाई वैदेशिक प्रशिक्षणमा लान ढिलाई गर्न नहुने बताउँछन् ।

‘उनीहरु देशकै उत्कृष्ट खेलाडीका रुपमा छनोट भएका छन् । अब हामीले उनीको स्तरमा बृद्धि गर्ने हो भने उनीहरुलाई आफुभन्दा माथिल्लो स्तरको खेलाडीसँग प्रतिस्पर्धा गराउनुपर्दछ,’ आठौं र नवौं सागका स्वर्ण पदक विजेता श्रेष्ठले भने,‘त्यसपछि मात्र पदकको आशा गर्न सकिन्छ । अहिले पदकका बारेमा आशा गर्नु हतार हुनेछ ।’

कराते बाट पदकको आशा गर्नु स्वभाविक भएको उल्लेख गर्दै प्रशिक्षक श्रेष्ठले खेलाडीलाई प्रशिक्षणका लागि युरोप वा जापान लाने योजना अनुसार राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा प्रस्ता गरेको बताएका छन् ।

‘युरोप हाम्रो लागि उपयुक्त हुन्छ । त्यहाँ धेरै प्रतियोगिता हुन्छन्, जहाँ हाम्रो खेलाडीले खेल्न पाए भने एसियाड अघि राम्रो तयारी हुनेछ,’ उनले थपे,‘ एसियाडका लागि अरु ४ वर्षदेखि तयारीमा छन्, हामी ४ महिनाको तयारीमा पदकको आशा गर्दैछौं ।’ काताका प्रशिक्षक डंगोलले देश भित्रका लागि पोखरा प्रशिक्षणका लागि उपयुक्त रहेको बताउँछन् ।

एसियाडका लागि नेपाली कराते टोली
कुमुते
महिला – अनु अधिकारी – ५० केजी,सुनिता महर्जन – ५५ केजी, रिता कार्की –६८ केजी माथि
पुरुष – सोनम लामा– पुरुषतर्फ ५५ केजी,नवीन रसाइली – ६७ केजी,दिवस श्रेष्ठ – ८४ केजी
काता
महिला – चञ्चला दनुवार
पुरुष –परशुराम बास्तोला
प्रशिक्षक – हिरासिंह डंगोल (काता), दीपक श्रेष्ठ (कुमुते)

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

December 4, 2025

अर्जुनधारा महिला भलिबल- एपिएफको दोस्रो जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]

Success

Thank you for your time.