8 years ago
May 30, 2018
बुटवल (हाम्रो खेलकुद) – बुटवलमा पहिलो प्रथम राष्ट्रिय मेयर कप टेबलटेनिस प्रतियोगिता हुने भएको छ । रूपन्देही जिल्ला टेबल टेनिस संघको आयोजनामा शुक्रबारबाट दुई दिन प्रतियोगिता आयोजना हुने बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।
प्रतियोगितामा २ इभेन्ट (महिला/पुरूष) रहेको संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठले जानकारी दिए । ‘भेट्रान्सदेखि विद्यालय तहसम्मका विद्यार्थीले भाग लिनेछन’ उनले भने, ‘प्रतिष्पर्धामा कुनै उमेरको मापदण्ड भने, छैन ।’ पुरूषतर्फको इभेन्टमा ५० जना र महिला इभेन्टमा ३५ जनाको सहभागिता रहनेछ ।
बुटवलमा–९ पवित्रनगरको नव दिलिप कर्भड हलमा हुने प्रतियोगिताको उद्घाटन बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गर्नेछन् । पुरूषतर्फको विजेताले ५० हजार दोस्रो हुनेले २० हजार रुपैयाँ पाउने प्रतियोगिता संयोजक महेश खनालले जानकारी दिए । त्यस्तै महिलातर्फको विजेताले ३० र दास्रो हुने खेलाडीले १५ हजार रुपैयाँ पाउनेछिन् ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]