निजगढ (हाम्रो खेलकुद)– बाराको निजगढमा प्रथम निजगढ राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको आयोजना हुनेभएको छ । आयोजक निजगढ तेक्वान्दो डोजाङले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै दुई दिने प्रतियोगिता शुक्रबार हुने जानकारी गरायो । प्रतियोगितामा सात प्रदेश र आयोजक गरि ८ टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक बसन्त लामाले जानकारी दिए ।
प्रतियोगितामा समावेश १३ तौल तौल मध्ये महिला तर्फ ६ र पुरुष तर्फ ७ तौल समूह रहेका छन् । महिला तर्फ ४२, ४६, ५३, ५७, ६२ र ७३ केजी तौल समुह छन् । पुरुष तर्फ २५, ३३, ४५, ५४, ५८, ६३ र ७४ केजी तौल समुहमा प्रतिस्पर्धा हुनेछ । सहभागी सबै टोली निगजढ आइसकेको बताइएको छ ।
निजगढ स्थित कभर्डहलमा शुक्रबार बिहान प्रतियोगिताको उद्घाटन हुँदैछ । तेक्वान्दोको राष्ट्रिय स्तरको प्रतियोगिता बारामा पहिलोपटक आयोजना हुन लागेको संयोजक लामाले बताए । निजगढ नगरपालिकाको सहयोगमा सञ्चालन हुन लागेको प्रतियोगिताको सह आयोजकमा नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिती बारा र प्रवद्र्धकमा नेपाल खेलकुद पत्रकार मञ्च बारा रहेका छन् ।
पत्रकार सम्मेलनमा नेपाल तेक्वान्दो संघका २ नम्बर प्रदेश संयोजक गुरुप्रसाद गौतम, बारा जिल्ला सदस्य चित्र लामा, प्रशिक्षक हेमलाल श्रेष्ठ, नेपाल खेलकुद पत्रकार मञ्च बाराका अध्यक्ष सुनील गाउँले लगायतको उपस्थिति थियो ।