default_image

7 years ago

June 22, 2018

नेपालगन्जमा ओलम्पिक डे मनाउँदै खेलकुदको चर्चा

156 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद)– खेलकुदलाई शैक्षिक पाठ्यक्रममा समावेश गर्न सकेमात्र खेलकुद विकास अभियानले गति लिनेमा सरोकारवालाले जोड दिएका छन् ।ओलम्पिक डे मनाउने क्रममा शुक्रवार आयोजित ‘प्रदेश खेलकुदको सम्भावना र हाम्रो दायित्व’ बिषयक अन्तरक्रियामा प्रदेश सभा सदस्य मोहम्मद याकुब अन्सारीले खेलाडीलाई आत्मनिर्भर बनाउने सवालमा प्रदेश सभामा आवाज उठाउने प्रतिबद्धता जनाए ।

‘भौतिक पुर्वाधारदेखि खेलाडीको सामाजिक सुरक्षाका सवालमा सदनमा बुलन्द आवाज उठाउनेछौं ’ अन्सारीले भने–‘समस्या हामीलाई भन्नुस्, नीतिगत तहमा आवाज उठाउने काम हाम्रो हो ।’ नेपालगन्जमा क्रिकेट मैदान निर्माण गर्ने सवालमा चाँडै नतिजा आउने गरी आफुहरुले काम गरेको उनले बताए ।

क्रियटिभ ह्याण्ड्सले पश्चिम नेपालमा नै पहिलोपटक नेपालगन्जमा शुक्रवार ओलम्पिक डे आयोजना गरेको हो । नेपालकै प्रतिष्ठित प्रतियोगिता प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबलको सहआयोजक क्रियटिभ ह्याण्ड्सले नेपालगन्ज म्याराथन, नेपालगन्ज इन्टरनेसनल फिल्म फेस्टिभल, नेपालगन्ज साहित्य उत्सव आयोजना गर्दै आएको छ । साथै महिला क्रिकेटको पहिलो कप्तान नेरी थापा र क्रिकेटर महेश क्षेत्रीलाई स्कुटरसहित नेपालगन्ज स्पोर्ट्स अनरबाट सम्मान गरिसकेको छ । ओलम्पिक डे हरेक वर्ष जुन २३ मा विश्वभर मनाउने गरिन्छ ।

ओलम्पियन कमल अधिकारीलाई ओलम्पियन सुरेन्द्र हमालको आत्मकथा ‘ओलम्पियन’ प्रदान गरी सुरु गरिएको अन्तरक्रियामा राष्ट्रिय खेलकुद परिषदका सदस्य विनोद मैनालीले खेलकुद र खेलाडीका लागि राज्यले सक्दो गरिरहेको बताए । अग्रज खेलकर्मी नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय उपाध्यक्ष अजित शर्माले राजनैतिक परिवर्तनसँगै खेलकुदका कतिपय अल्पकालीन र दीर्घकालीन योजनामा प्रभाव पर्ने गरेका कारण खेलकुदले अपेक्षित गति लिन नसकेको औल्याए । सिओल एसियाडमा भलिबलतर्फ रेफ्रीको भुमिका निर्वाह गरेका शर्माले समग्र खेलकुद विकासका लागि भौतिक पुर्वाधारसँगै खेलाडी खोजी अभियानलाई सम्बन्धित निकायहरुले ध्यान दिनुपर्नेमा जोड दिए ।

मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीले आठौं राष्ट्रिय खेलकदु समयमै हुने धेरै आधारहरु तयार भइसकेको अवस्थामा शंका उपशंका नगर्न आग्रह गरे । ‘हामी आठौं राष्ट्रिय खेलकुदको महाअभियानमा जुटेका छौं ’ अध्यक्ष ओलीले भने, ‘अब जिल्लावासीले यसलाई प्रतिष्ठाको बिषय बनाएर अघि बढे अहिलेसम्मकै उत्कृष्ट राष्ट्रिय खेलकुदका रुपमा सम्पन्न गर्नेछौं ।’ अध्यक्ष ओलीले यसै महिनाभित्र खेलकुद पत्रकारिता तालिम पनि सञ्चालन गर्ने प्रतिबद्धता जाहेर गरे ।

नेपाल बार एसोसियसनका केन्द्रिय उपाध्यक्ष सालिकराम सापकोटाले खेलकुदले देश जोड्ने भएको हुँदा खेलकुदका अभियानलाई समाजको हरेक तप्काले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । हिसानका केन्द्रिय उपाध्यक्ष इश्वर पोखरेलले खेलकुदका ठुला प्रतियोगितासँग सहकार्य गरी अघि बढ्न हिसान परिवार सदैव तयार रहेको उल्लेख गर्दै आठौं राष्ट्रिय खेलकुदमा सम्पुर्ण क्षमता प्रदर्शन गर्ने बताए ।

नेपाल मेडिकल एसोसियसनका भेरी इकाइ अध्यक्ष डा. विनोद कर्णले क्रिकेटको बढ्दो लोकप्रियतासँगै नेपालगन्जमा क्रिकेट मैदानको आवश्यकतालाई राज्यले तत्काल सम्बोधन गर्नुपर्ने माग गरे । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एलबी क्षेत्रीले खेलाडीहरुको पहिचान स्थापित गर्न राज्यले कन्जुस्याईं गरिरहेको आरोप लगाए । ‘खेलाडी र खेलकुदका नाममा दर्जनौं संघसंस्था क्रियाशील छन्, तर कोही खेलाडीको हकहितमा बोल्नेवाला छैन ’ क्षेत्रीले भन् , ‘जबसम्म खेलाडीलाई बाच्ने आधार तयार गर्न सकिंदैन, खेलकुदले गति लिन सक्दैन ।’

मध्यपश्चिम क्षेत्रीय प्रशिक्षण केन्द्रका निर्देशक जयन्तकुमार शर्माले कुशल खेलाडी बन्नका लागि सबैजना खेलकुदको आधिकारिक निकायको सम्पर्कमा आउनुपर्नेमा जोड दिए । ‘तालिमप्राप्त प्रशिक्षकसँग प्रशिक्षण लिदा मात्र राम्रो खेलाडी बन्ने हो र स्वास्थ्य पनि राम्रो हुने हो ’ बरिष्ठ प्रशिक्षकसमेत रहेका शर्माले भने–‘पक्की सडकमा दौडदा वा हिंड्दा तथा जिम क्लबमा गएर आफु खुशीले पसिना बगाउदा त्यसले दीर्घकालीन स्वास्थ्यमा पर्ने समस्याका बारेमा सबै जानकार हुनुपर्ने बेला आएको छ ।’

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुले खेलकुदका निकायले खेलकुद आयोजना मात्र नभई खेलपत्रकारिता सम्बन्धि सञ्चालन गर्न सुझाए । खुल्ला सत्रमा छलफल गर्ने क्रममा युवा स्वास्थ्य व्यवसायी जीवन शर्मा, नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका उपकप्तान ममता थापा, पत्रकार माधव अधिकारी, विद्यालय सञ्चालक तथा अभियन्ता हेमन्त काफ्ले, सुटिङका अन्तर्राष्ट्रिय खेलाडी बदरुदीन अन्सारी खेलकुदका विषयमा धारणा राखेका थिए ।

त्यस्तै, ग्रिन इभेन्टोका प्रबन्धनिर्देशक मोहम्मद रफी, योगा अभियन्ता नर्स अञ्जु न्यौपाने, बाके जिल्ला भलिबल संघका सदस्य ध्रुव शाह, प्रधानमन्त्री कप महिला भलिबलका उत्कृष्ट स्वयंसेवक प्रिया श्रेष्ठले पनि खेलकुदमा समस्या, सम्भाव्यता र दायित्वका बारेमा बोलेका थिए । यसअघि कीर्तिमानी भारोत्तोलक ओलम्पियन कमल अधिकारीले केक काटेका थिए ।

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.