7 years ago
June 23, 2018
पोखरा (हाम्रो खेलकुद)– नेपालमा नै पहिलो पटक खेलाडीको स्वास्थ्य तथा दुर्घटना विमा सुरु भएको छ । लामो समय देखि खेलाडीको विमा बारे आबाज उठिरहे पनि पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिले यसको सुरुवात गरेको हो ।
राष्ट्रिय खेलाडी भलिबलकी मञ्जु गुरुङ र क्रिकेटका करण केसीलाई एक कार्यक्रमकाबीच शनिबार पोलेसी हस्तान्तरण गर्दै पहिलो पटक खेलाडीको स्वास्थ्य र जीवन विमा सुरुवात गरिएको छ । विमा अन्र्तगत खेलाडीलाई स्वास्थ्य विमा वापत २५ हजार र दुर्घटना विमा वापत २ लाखको प्रिमियम वापतको रकम क्षेत्रिय खेलकुदले प्रदान गर्नेछ ।
पहिलो चरणमा क्षेत्रिय खेलकुदले यस क्षेत्रका ९ खेलका ४२ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको बिमा गर्ने भएको छ । प्रुडेन्सियल इन्सोरेन्स कम्पनीको सहयोगमा सबै खेलाडीको बिमा गरिन लागिएको बताइएको छ ।
खेलाडीको स्वास्थ्य र जिवन विमाको शुभारम्भ गर्दै पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितिका अध्यक्ष खगराज पौडेलले खेलाडीको बिमाका बारे धेरै पटक आवाज उठे पनि त्यो पुरा हुन नसकेको बताए । अध्यक्ष पौडेलले पश्चिमाञ्चल क्षेत्रिय खेलकुदले सानो रुपमा सुरु गरे पनि यसलाई जिल्ला तह सम्म योजनागत ढंगले अगाडि बढाउने उद्घोष समेत गरे ।
अध्यक्ष पौडेलले राष्ट्रका लागि पदक ल्याउने खेलाडीहरु पटक–पटक घाइते हुँदा परिवार गुर्हानु पर्ने समस्या रहेको उल्लेख गर्दै भने,’अब खेल मैदानका लागि चौर सम्माउने काम मात्रै होइन खेलाडीका समस्याहरु लाई प्राथमिकताका साथ हल गरिनु पर्छ ।’
पूर्वाधार विकास संगै खेलाडीको जिवनवृतीका सवाललाई पनि उत्तिकै ध्यान दिनु पर्ने कुरामा उनले जोड दिए । युवा तथा खेलकुद मन्त्रालयका उपसचिब जर्नादन रिजालले आगामी आर्थिक वर्ष बाट मन्त्रालयले खेलाडी विमा र जिवनवृतीका विषय लागु गर्ने जानकारी दिए ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]