7 years ago
July 1, 2018
पोखरा (हाम्रो खेलकुद) – ललितपुरको सम्झना ल्याब्रोरेटरी प्रालीले नेपाली राष्ट्रिय कराते टोलीलाई ट्राकसुट उपलब्ध गराएको छ । यसअघि राष्ट्रिय कराते च्याम्पियनसिपलाई मुख्य प्रायोजन गरेको सम्झना ल्याब्रोरेटरीले पोखरामा प्रशिक्षणमा रहेका टोलीा खेलाडीलाई ट्रयाकसुट हस्तान्तरण गरिएको थियो । भदौंको पहिलो साता इन्डोनेसियाको जाकार्तामा सुरु हुने १८ औं एसियाली खेलकुदको लाति कराते टोलीले पोखरामा प्रशिक्षण गरिरहेको छ ।
तस्बिर सौजन्य- सुदर्शन रञ्जित
सम्झनाले करिब १ लाख ५० हजार रुपैयाँ बराबरको सामाग्री खेलाडीलाई प्रदान गरेको बताइएको छ । कम्पनीका प्रतिनिधी रवि महर्जन र कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङले एक कार्यक्रमबीच ट्रयाकसुट खेलाडी र प्रशिक्षकलाई हस्तान्तरण गरेका थिए ।
अध्यक्ष गुरुङले एसियाडमा पदकको सम्भावना रहेको कराते खेलका लागि निजी संस्थाले सहयोग गर्नु स¥हानिय रहेको बताउँदै उनले अहिले पनि सुविधा दिने कुरामा राज्य बाट खेलाडी वञ्चित नै रहेको बताए । उनले भने–’खेलाडी संग पदकको कुरा मात्र गर्ने तर सुविधा बाट बञ्चित गर्ने काम भएको छ ।’
अहिले विभिन्न नाममा खेल आयोजना भइरहेको बताउँदै अध्यक्ष गुरुङले ति खेल आयोजना गर्नका लगि मात्र भएको बताए । उनले भने–’खेलाडीलाई सुविधा दिनु भन्दा पनि राज्यको ढुकुटी स्वाह पार्ने काम छ ।’ उनले १८ औं एशियाडमा पदक ल्याउने खेलाडीलाई पुर्नताजगीका लागि पोखरा भ्रमण गराउने तयारी समेत भइरहेको बताए ।
कार्यक्रममा बोल्दै पश्चिमाञ्चल क्षेत्रिय प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानीले खेलाडीले सुविधा भन्दा पनि आत्मविश्वास र लगनशिलताका साथ खेल्नु पर्ने औल्याए । उनले भने ,’अहिले पनि एसियाडमा पदक ल्याउन तिन महिनाको तयारी गर्दै छौं यो समय अवधी भनेको ‘डु अर डाई’ कै स्थिती हो, यतिबेला आत्मविश्वासका साथ मैदानमा उत्रिने नै हो ।’
करातेका मुख्य प्रशिक्षक सोभितराज पर्साइले एसियाडमा जाने कराते टोलीलाई वातावरिणय हिसाबले प्रशिक्षण स्थलको रुपमा पोखरा छनौट गरेको जानकारी गराउँदै प्रशिक्षणका दौरान खेलाडीलाई पोखरामा सोचे भन्दा वढी नै सहयोग प्राप्त भएकोमा आभार प्रकट गरे ।
सम्झाना ल्याव्रोरेटरीका प्रतिनिधि महर्जनले राष्ट्रिय कराते टोलीलाई हौसला स्वरुप केही खेल सामाग्री प्रदान गर्न पाएकोमा खुसी व्यक्त गर्दै कम्पनीले जेहेन्दार कराते खेलाडीलाई एकेडेमी मार्फत पूर्ण सुविधा सहित खेल्ने अवसर समेत प्रदान गर्ने जानकारी दिए । महर्जन आठौं दक्षिण एशियाली खेलकुद (साग) का स्वर्ण पदक बिजेता समेत हुन ।
एशियाडमा जाने करातेका खेलका ८ जना खेलाडी र २ जना प्रशिक्षक जेठ १ गते बाट पोखरामा प्रशिक्षणमा व्यस्त छन । एशियाडमा जाने खेलाडीमा कुमुतेमा ५० केजीमा अनु अधिकारी, ६१ केजीमा सुनिता महर्जन, ६८ केजी माथिको तौल समूहमा रिता कार्की, सोनाम लामा ६० केजी, दिवश श्रेष्ठ ८४ केजी मुनीको तौल समूहमा छन् ।
चंचला दनुवार र परशुराम बास्तोला एकल कातामा छन् । प्रशिक्षकमा राष्ट्रिय प्रशिक्षक हिरासिंह डंगोल र दिपक श्रेष्ठ छन् । उनीहरु अब चाँडै नै बैदेशिक प्रशिक्षणका लागि जाने मुख्य प्रशिक्षक सोभितराज प्रसाईले बताए ।
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]