default_image

7 years ago

July 2, 2018

विश्व खेलकुद पत्रकार दिवसमा खेल पत्रकारिता र खेलकुदको चर्चा

400 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्व खेलकुद पत्रकार दिवस विभिन्न कार्यक्रम गर्दै मनाइने चलन नेपालमा पनि केहि वर्षयता देखि परम्पराका रुपमा स्थापित भइसकेको छ । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष जस्तो विश्व खेलकुद पत्रकार दिवस (जुलाई २) लाई मनाउँदै आएको छ । यसपटक भने औपचारिक कुनै कार्यक्रम नगरेको मञ्चले मञ्चको त्रिपुरेश्वस्थित कार्यालयमा सदस्यबीच अनौपचारिक अन्र्तक्रिया आयोजना गरेको थियो ।

विश्व खेलकुद पत्रकार दिवसका अवसरमा नेपालगन्जमा आयोजित अन्तरक्रियामा नेपालगन्ज उप महानगरपालिकाकी उप मेयर उमा थापा (दायाँ) र मध्य पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष भिम ओली ।

मञ्चका अध्यक्ष महेश आचार्यले मञ्चका सदस्यहरुका लागि खेल पत्रकारितालाई अझै शसक्त बनाउँदै अघि बढाउन पूर्नताजकी तालिमको आवश्यकता रहेको बताए । उनले भने, हामीले केहि समय अघि देखि नै तालिम आयोजनाको प्रयास गरिरहेका छौं । विभिन्न कारणले सम्भव भइरहेको छैन । तर पनि हामी त्यसतर्फ प्रयासरत छौं ।’

फोटो पत्रकार (पिजे) क्लबका अध्यक्ष विकास कार्कीले खेलकुद पत्रकारले मात्र नभई सबै पत्रकारले अहिलेको समयको माग अनुसार आफ्नोलाई अपडेट गर्न आवश्यक रहेको औल्याए । पत्रकारितामा नयाँ प्रविधिको प्रयोगलाई कसरी अघि बढाउन सकिन्छ भन्नेमा मञ्चले पहल गर्नुे अध्यक्ष कार्कीको सुझाव थियो ।

कान्तिपुरका खेलकुद व्यूरो प्रमुख हिमेश बज्राचार्यले समय समयमा पुराना र नयाँ पुस्ताका खेल पत्रकारबीच अन्तरक्रिया गर्न सके त्यसले खेलकुद पत्रकारिता अझै प्रभावकारी हुन सक्ने बताए । मञ्चका सदस्य एवंम् खेलपाटीका सम्पादक हिमबिक्रम केसीले खेलकुदमा थ्रपै विषय उठान गर्न बाँकी रहेको र त्यसका लागि पुराना पत्रकारले नयाँ पुस्तका पत्रकारलाई हौसाउनुपर्नेमा जोड दिए ।

मञ्चका सदस्य सुजन श्रेष्ठले खेलकुद पत्रकारका पुराना र नयाँ पुस्तामा अन्र्तक्रियासँगै मञ्चले पुस्तकालयलाई पनि व्यवस्थित रुपमा सञ्चालन गर्न सके पत्रकारहरुले अझै आफ्नो काममा सुधार गर्न सक्ने बताए ।

यसैबीच, नेपालगन्जमा पनि स्थानिय निकायका जनप्रतिनिधि, खेलकुदर्मी, स्थानिय सम्पादक र खेलपत्रकारको सहभागितामा खेलकुद पत्रकारिता र खेलकुदका बारेमा चर्चा गर्दै मनाइयो । खेलपत्रकार टीएस ठकुरीको संयोजनमा न्युरोड स्थित युथ सेन्टरमा चियापानका साथ खेलकुद सम्बन्धि चिन्तन गरी दिवस मनाइएको हो ।

विश्व खेलकुद पत्रकार दिवसका अवसरमा नेपालगन्जमा आयोजित अन्तरक्रियाका सहभागी ।

दिवस मनाउने जमघटमा नेपालगन्ज उपमहानगरपालिका उपमेयर उमा थापाले समग्र नेपालगन्जको खेलकुद विकासमा उपमहानगरपालिका गम्भीरतापूर्वक लागिरहेको बताइन् । आफु खेलकुद र खेलपत्रकारिता पृष्ठभुमिबाट आएको हुँदा यी दुवै विधाको विकासमा सहकार्य गर्न सदैव तत्पर रहेकोमा उपमेयर थापाले जोड दिइन् । ‘मैले खेलकुद र खेलपत्रकारिताको महत्त्व राम्रोसँग बुझेकी छु,’  उपमेयर मगरले भनिन्, ‘योजनासहित आउनुस, सँगसँगै काम गरौं ।’ उनी राजधानी बाहिरबाट खेलपत्रकारिता गर्ने पहिलो महिला पत्रकार हुन् ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य विनोद मैनालीले खेल पत्रकारिता विना खेलकुद अघि बढ्न नसक्ने धारणा राखे । नेपालगन्जको खेपत्रकारिताको विकासमा सहयोग गर्न आफु जहिल्यै तयार रहेको उनले बताए । मध्य पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीले स्थानीय सञ्चारमाध्यमले खेलकुद प्रवद्र्धनमा कुनै कसर बाँकी नराखेको बताए ।

‘स्थानीय पत्रपत्रिका र रेडियोले हाम्रा अभियानलाई भरपुर कभरेज गरेका छन् ,’ अध्यक्ष ओलीले भने, ‘राष्ट्रिय पत्रिकामा पनि कभरेज बढाउन आवश्यक छ ।’  यसै बर्ष मंसिरमा तय गरिएको आठौं राष्ट्रिय खेलकुद सफल पार्न सबै नागरिक तयार रहेको अग्रज साहित्यकार सनत रेग्मीको भनाइ रह्यो । पत्रकार पुर्णलाल चुके, झलक गैरे, दामोदर भण्डारी, शंकर खनाल, कमल डांगी तथा साहित्यकार ऋचा लुइँटेल र मिना ढकालले खेलकुद र खेलपत्रकारिता बारे बोलेका थिए ।

 

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.