default_image

7 years ago

July 3, 2018

आर्चरीमा केशरीलाई स्वर्ण

110 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जारी लक्ष्मणकुमार श्रेष्ठ स्‍मृति पाँचौं राष्ट्रिय इन्डोर आर्चरी प्रतियोगितामा कास्की आर्चरी क्लबकी केशरी आले मगरले स्वर्ण जितेकी छिन् । केशरीले फाइनलमा नेपाल आर्मीकी अइशा तामाङलाई पराजित गरिन् ।

निर्धारित समय ५-५ को बराबरीमा टुंगिएपछी दुवैले १-१ तिर हान्ने मौका प्राप्त गरेका थिए । सो अवसरमा केशरीले १० अंक जोड्दा अइशाले ९ अंक मात्र जोडिन् । यसैगरी आर्मीकै ज्ञानु अवालेले तेस्रो स्थान हांसिल गरिन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा खेलिएको प्रतियोगिताको पुरुषतर्फ रिकर्भमा आर्मीका रोशन नगर्कोटी पहिलो भए भने ट्रेडिसन आर्चरी क्लबका लक्ष्मण पुन दोस्रो र प्रेम विक तेस्रो भए । पुरुष स्ट्यान्डर्डतर्फ आर्मीका तविन गुरुङ पहिलो, ट्रेडिसनका प्रेमकुमार भट्टचन दोस्रो र वेस्ट आर्चरीका नविनवीर बस्नेत तेस्रो भएका हुन् ।

महिला स्ट्यान्डर्डतर्फ भने अर्चना थापा पहिलो, सेलिना गुरुङ दोस्रो र सर्मिला गुरुङ तेस्रो भइन् । तीनै प्रतिस्पर्धी अन्नपूर्ण आर्चरी क्लबका हुन् ।
त्यस्तै पुरुष व्यक्तिगत कम्पाउन्डमा वेस्टका प्रजित अग्रवालले पहिलो स्थान हात पार्दा, राजधानी दैनिकका सनातन मल्ला दोस्रो तथा स्वयम्भु रिक्रियसनका रमेश भट्टचनले तेस्रो स्थानमा चित्त बुझाए ।

पुरुष स्ट्यान्डर्ड टिम इभेन्टतर्फ वेस्टले पहिलो स्थान हात पारेको हो । अन्नपूर्ण दोस्रो स्थान तथा आर्मी तेस्रो स्थान हांसिल गर्न सफल रह्यो । रिकर्भतर्फ भने आर्मी पहिलो, ट्रेडिसन दोस्रो र कास्कीले तेस्रो स्थान हात पार्‍यो ।

दुई दिन लामो प्रतियोगितामा ५५ खेलाडीले ७ विधामा प्रतिस्पर्धा जनाएका थिए ।

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.