7 years ago
July 11, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टन अम्पायर समन इक्वाल सिद्धिकी इन्डोनेसियामा आयोजना हुने ब्याडमिन्टन एसिया अम्पायर्स एक्रिडिटेसन कोर्षमा भाग लिने भएकी छिन् । जाकार्तामा जुलाई ११ देखि २३ सम्म आयोजना हुने ब्याडमिन्टन एसिया जुनियर च्याम्पियनसिपकै दौरान कोर्ष पनि सञ्चालन हुनेछ ।
बिहिबार र शुक्रबारको कोर्षपछि सिद्धिकीले च्याम्पियनसिपमा पनि अम्पायरको भूमिका निर्वाह गरेकी छिन् । सो कोर्ष पुरा गरेको खण्डमा उनी एसियाली ब्याडमिन्टन महासंघ (एबिसी) को एक्रिडिडेटेट अम्पायर बन्ने छिन् ।
अहिले नेपालमा उदय आर्याल र सुमित शाक्य एबिसीका एक्रिडिडेटेट अम्पायर हुन् । त्यस्तै दीपक थापा र ओमविक्रम राणा भने सर्टिफिकेटेट अम्पायर हुन् । नेपाल ब्याडमिन्टन संघका केन्द्रिय सदस्य एवंम काठमाडौं जिल्ला ब्याडमिन्टन संघक अध्यक्ष रहेको अम्पायर थापा, अर्यालले सिद्धिकीलाई मंगलबार विदाई गरेका थिए ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]