default_image

7 years ago

July 13, 2018

टिम इभेन्ट्समा नेपाली पुरुष टोलीलाई स्वर्ण पदक

210 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– एसियाली खेलकुदको तयारीमा रहेको नेपाली तेक्वान्दोको पुरुष टोलीले कोरियामा पोहाङ वल्र्ड युनिभर्सिटी तेक्वान्दो च्याम्पियनसिपको टिम इभेन्ट्समा स्वर्ण पदक जितेको छ । महिला टोलीले पनि रजत पदक जितेको छ ।

अनुप पुजारी, भूपेन्द्र श्रेष्ठ, वीरबहादुर महारा, ज्ञानेन्द्र हमाल र सागर गुभाजु सम्मिलित नेपाली टोलीले शुक्रबार सनसन युनिभर्सिटीको टोलीलाई हराएको प्रशिक्षक दीपक विष्टले हाम्रो खेलकुदलाई जानकारी दिए । ६ टोलीको सहभागिता रहेको टिम इभेन्ट्सको सेमिफाइनलमा नेपाली टोलीले सिनसिहान युनिभर्सिटीलाई पराजित गरेको थियो ।

महिला टिम इभेन्ट्समा भने बाई पाएर फाइनल पुगेको नेपाली टोली चिनिया टोलीसँग पराजित भएको थियो । महिला टोलमिा निशा रावल, संगिता बस्याल, ज्ञानी चुनारा, निमा गुरुङ र अमिस्ता खड्का छन् ।

व्यक्तिगत भन्दा पनि टिम इभेन्ट्समा आफ्ना खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको जनाउँदै प्रशिक्षक विष्टले भने, ‘एसियाडको तयारीका लागि यो सहभागिता निकै महत्वपूर्ण भएको छ । खेलाडीको कमजोरी कहाँ छ भन्ने यसबाट थाहा भएको छ । अब हामी ती कमजोरी सुधार्नमा प्रयास गर्नेछौं ।’

तीन दिने प्रतियोगितामा नेपाली खेलाडीले इन्डिभिजुयलमा ५ रजत र ३ कास्य पदक जितेका थिए । दुई महिनादेखि कोरियामा प्रशिक्षण गरिरहेको नेपाली टोली अब झन्डै एक महिनाको प्रशिक्षण पछि एसियाडका लागि इन्डोनेसिया जानेछ ।

१८ औं एसियाड भदौ पहिलो साता सुरु हुनेछ । सन् २००६ को एसियाड पछि नेपालले एसियाडमा पदक जित्न सकेको छैन । त्यति बेला अहिलेका प्रशिक्षक विष्ट, मनिता शाही र आयशा शाक्यले कास्य पदक जितेका थिए ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.