default_image

6 years ago

July 14, 2018

एसियाड तयारीलाई तेक्वान्दो टोली कोरिया प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियामा भदौ २ गतेदेखि सुरु हुने १८ औं एसियाली खेलकुदको तयारीका लागि तेक्वान्दो पुम्से टोली शनिबार दक्षिण कोरियाको सिओल प्रस्थान गरेको छ । ४ खेलाडीसहित टोली ७ सदस्यीय रहेको छ । बैदेशिक प्रशिक्षणमा जाने खेलाडी टोलीको पुरुषमा कमल श्रेष्ठ तथा महिलामा पार्वती गुरुङले ३० वर्षमुनि व्यक्तिगत स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । समूहगत […]

85 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियामा भदौ २ गतेदेखि सुरु हुने १८ औं एसियाली खेलकुदको तयारीका लागि तेक्वान्दो पुम्से टोली शनिबार दक्षिण कोरियाको सिओल प्रस्थान गरेको छ । ४ खेलाडीसहित टोली ७ सदस्यीय रहेको छ ।

बैदेशिक प्रशिक्षणमा जाने खेलाडी टोलीको पुरुषमा कमल श्रेष्ठ तथा महिलामा पार्वती गुरुङले ३० वर्षमुनि व्यक्तिगत स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । समूहगत पुम्सेमा पार्वतीसहित सिना मादेन र निता गुरुङले सहभागिता जनाउने छन् ।

प्रशिक्षकमा ब्रदीप्रसाद घिमिरे र नोर्बु लामा तथा व्यवस्थापकमा नेपाल तेक्वान्दो संघका सदस्य रामचन्द्र श्रेष्ठ रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले शनिबारै एक कार्यक्रमबीच बिदाइ गरे । सो अवसरमा सदस्य–सचिव विष्टले एसियाली खेलकुदमा तेक्वान्दोको सफलता गर्व गर्न लायक भएको बताउदै इन्डोनेसिया एसियाडमा पनि तेक्वान्दोबाट पदकको धेरै आशा गरिएको बताए ।

उनले खेलाडीले हासिल गरेको पदक खेलाडीको व्यक्तिगत प्रतिष्ठासंग मात्र नभइ सिंगो राष्ट्रको प्रतिष्ठासंग जोडिने विषय भएकोले खेलाडीले राष्ट्रलाई सम्झेर प्रतिस्पर्धा गर्न आग्रह गरे । इन्डोनेसिया एसियाडको तयारीका लागि जाने तेक्वान्दोको पुम्से टोली अन्तिम हो ।

यसअघि गेरोगीतर्फ प्रतिस्पर्धा गर्ने खेलाडीहरु सिओल पुगिसकेका छन् । पहिलो चरणमा सागर गुभाजु, वीरबहादुर महरा, ज्ञानेन्द्र हमाल, अनोज पुजारी, अस्मिता खड्का, निमा गुरुङ र ज्ञानी चुनारा तथा प्रशिक्षक संगीना वैद्य बैशाख २० गते सिओल गएका थिए । त्यसपछि करिब २ साताअघि खेलाडी भुपेन श्रेष्ठ, संगीता बस्याल र निशा रावल तथा प्रशिक्षक दीपक विष्ट सिओल प्रस्थान गरेका थिए ।

बैदेशिक प्रशिक्षणपछि टोली एसियाडमा सहभागी हुन सिओलबाटै अगस्ट २ तारिख इन्डोनेसिया जाने कार्यक्रम छ । एसियाली खेलकुदमा नेपालले हासिल गरेको सबैभन्दा ठूलो पदक रजत हो । त्यो सफलता तेक्वान्दोकै सविता राजभण्डारी (हाल अमेरिका) ले १९९८ मा थाइल्यान्डको बैंककमा भएको १३ औं एसियाडमा हात पारेकी थिइन् ।

एसियाली खेलकुदमा नेपालले १९८६ मा दक्षिण कोरियाको सिओलमा भएको १० औं संस्करणदेखि तेक्वान्दोमा नियमित सहभागिता जनाउदै आएको छ । सुरुको सहभागितामै नेपालले तेक्वान्दोमा ४ कांस्य जितेको थियो । त्यत्ति बेला विधान लामा, राजकुमार राई, राजकुमार बुछे र राजकुमार गोछेले नेपाललाई कांस्य दिलाएका थिए ।

April 23, 2024

केएनपी नेरोलेक महिला भलिबल– न्यु डायमन्ड र आर्मीबीच पहिलो खेल

काठमाडौं (हाम्रो खेलकुद)– शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजना बुधबार सुरु हुने केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा ४ टोलीको मात्र सहभागिता रहने भएको छ । आयोजकले मंगलबार राखेको टेक्निकल मिटिङले प्रतियोगिता भाग लिन नसक्ने जानकारी दिएको प्रतिष्ठानका अध्यक्ष रन्जन खड्काले जानकारी दिए । अब प्रतियोगिता राउन्ड रोविनका आधारमा हुने भएको छ । सहभागी टोलीका प्रतिनिधिको […]

April 23, 2024

भुवनलाई एक स्ट्रोकको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) : इभन-पार ६८ को स्कोरमा भुवन नगरकोटी सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन मंगलबार एक स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा रहेका छन्। उनले रवि खड्का, भुवन कुमार रोक्का र निरज तामाङलाई एक स्ट्रोकले पछि पारेका हुन्। रवि, भुवन र निरजले भने पहिलो दिनको खेल १-ओभर ६९ मा सकाउँदै संयुक्तरुपमा दोस्रो स्थान बाँडे। २-ओभर […]

April 22, 2024

सूर्य नेपाल काठमाडौं ओपन मंगलबार सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको सातौं प्रतियोगिताका रुपमा रहेको सूर्य नेपाल काठमाडौं ओपन मंगलबार सुरु हुने भएको छ । रोयल नेपाल गल्फ क्लबमा ७२ होलको ४ दिने प्रतियोगिता शुक्रबारसम्म चल्ने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । उपाधिको लागि ३२ प्रोफेसनल र ८ एमेच्योर गरी कुल ४० गल्फरहरूले दाबेदारी प्रस्तुत […]

Success

Thank you for your time.