default_image

7 years ago

July 17, 2018

संगिना र दीपकसहित तेक्वान्दो प्रशिक्षकले एटियु कोर्स पूरा गरे

151 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– इन्डोनेसियामा अर्को महिना आयोजना हुने १८औं एसियन गेम्सको तयारीमा रहेका नेपाली राष्ट्रिय तेक्वान्दो टोलीका प्रशिक्षकले एटियु प्रशिक्षण लाइसेन्स कोर्स पुरा गरेका छन् । एसियन तेक्वान्दो युनियनद्वारा आयोजना भएको प्रशिक्षक लाइसेन्स कोर्समा नेपालका ४ प्रशिक्षकले एटियु कोर्स पूरा गरेका हुन् ।

मंगलबार दक्षिण कोरियाको जेजुमा नेपालका प्रशिक्षक नोर्बु लामा, बद्रीप्रसाद घिमिरे, ओपम्पियनद्वय संगिना वैद्य र दीपक विष्ट प्रशिक्षक लाइसेन्स कार्स पूरा गरेका हुन् । प्रशिक्षक लामाले पुम्सेतर्पm कोर्स गरेका थिए । बाँकी तीन प्रशिक्षकले भने ग्यरोगीको प्रशिक्षक प्रशिक्षण कोर्स पूरा गरेका हुन् ।

यो कोर्स पूरा गरेपछि मात्र विश्व तेक्वान्दो महासंघ९डब्लुटिएफ० ले आयोजना गने अफिसियल गेम्स प्रशिक्षकले प्रशिक्षण गर्न पाउने प्रावधान रहेको नेपाल तेक्वान्दो संघका सचिव एवंम प्रवक्ता रहेको विष्टले जानकारी दिए ।  यसअघि डब्लुटिएफले जारी गर्ने गरेको ग्लोबल लाइसेन्स भएका प्रशिक्षकले मात्र जी–१ अथवा अफिसियल गेममा प्रशिक्षण गर्न पाउने प्रावधान थियो ।

यद्यपि, एटियुले केही समय अगाडि मात्र नियम परिवर्तन गर्दै एटियू कोर्स पूरा गरेकाले मात्र अफिसियल गेम्समा प्रशिक्षण गर्न पाउने प्रावधान राखेको थियो । कोर्स पूरा गरेका नेपालका चारै प्रशिक्षक नेपाली राष्ट्रिय टोलीको वैदेशिक प्रशिक्षणका लागि हाल दक्षिण कोरियामा छन् ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.