7 years ago
July 23, 2018
काठमाडौं(एजेन्सी)–आदर्श समाज बिकास केन्द्रले सशस्त्र प्रहरी बल (एपिएफ)का खेलाडीका लागि विभिन्न खेल सामाग्री प्रदान गरेको छ । आदर्श समाज बिकास केन्द्रले भारतमा हुने चौथो कराँते प्रतियोगिताको तयारीका लागि आवश्यक विभिन्न खेल सामग्री उपलब्ध गराइएको हो ।
केन्द्रले सशस्त्र प्रहरी कार्यालय हलचोमा एक कार्यक्रम आयोजना गरी संस्थाका उपध्यक्ष गीता सिम्खडा र सचिव प्रविण कुलङ राईले संयुक्त रुपमा खेलकुद सामाग्रीहरु हस्तान्तरण गरेका हुन् । सामग्री हस्तान्तर गर्दै विकास केन्द्र उपाध्यक्ष सिम्खडाले खेलकुद क्षेत्रले नेपाली नागरिकलाई एउटै धागोमा बाँध्ने काम गर्दै आएको बताउँदै खेल क्षेत्रको विकासमा थोरै भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले सामग्री उपलब्ध गराएको बताइन् ।
उनले भारतमा हुने प्रतियोगिताको तयारीमा डटेर लाग्न खेलाडीलाई आग्रह गर्दै खेलाडीलाई अग्रिम शुभकामना समेत दिइन् । सामग्री ग्रहण गर्दै सशस्त्रका प्रहरी निरीक्षक अमित मल्लले आदर्श समाज विकास केन्द्रको यो सहयोग खेलाडीहरुका लागि महत्वपूर्ण हुने भन्दै सहयोगप्रति धन्यवाद ज्ञापन गरेका थिए ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]