7 years ago
July 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अभिनव शाक्य र यङचेन शेर्पाले अस्ट्रेलियामा जारी सातौ गोल्डकोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेका छन् ।शनिबार क्यारेरा इन्डोर स्टेडियममा भएको पुम्सेतर्फको १३ वर्षमुनिको स्पर्धामा अभिनवले फाइनलमा अष्ट्रेलियाका ब्लाके मुर्रेलाई पराजित गरेर नेपाललाई स्वर्ण दिलाएका हुन् ।
त्यसअघि अभिनवले अष्ट्रेलियाकै लियोनार्दो ब्रुजे र सेमिफाइनलमा अफगानिस्तानका एकन ग्रानिर अमिउरलाई हराएका थिए ।पुम्सेतर्फ १५ वर्ष मुनिको महिलाको स्पर्धामा यङचेन शेर्पाले सोफि ओडियालाई पराजित गरेर स्वर्ण हात पारिन् । उनले त्यसअघि फ्रान्सका क्रिस्टल मोरी र अस्ट्रेलियाका इसाविल्ली पार्कलाई पराजित गर्दै पmिाइनलमा स्थान बनाएकी थिइन् ।
महिला १३ वर्षमुनिकै पुम्सेमा सितु सिंह मास्केले कास्यपदक जितिन् । क्वार्टर फाइनलमा क्यानडाका इरिका डकिन्सलाई हराएर सेमिफाइनलमा स्थान बनाएकी सितु सेमिफाइनलमा अस्ट्रेलियाका हान्नाह ड्रेजसँग पराजित भई कास्य हात पारेको टिम म्यानेजर कविरज नेघी लामाले हाम्रो खेलकुदलाई जानकारी गराए ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]