7 years ago
July 29, 2018
काठमाडौं (हाम्रो खेलकुद)-अभिनव शाक्य र सितुसिंह मास्केले नवौं गोल्डकोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । अष्ट्रेलियामा सम्पन्न च्याम्पियनसिपमा दुवैले ग्यरोगीतर्फ स्वर्ण जितेका हुन् । क्यारेरा इन्डोर स्टेडियममा आइतबार अभिनवले ४७ केजी तौल समूहमा स्वर्ण जितेका हुन् ।
अभिनवले फाइनलमा अष्ट्रेलियाका ट्रोय विलियम्सलाई ९–४ ले पराजित गरे । उनले सेमिफाइनलमा जर्मनीका ट्रिस्तान सासलाई ८–६ ले हराएका थिए । गोल्डकोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिपमा अभिनवको यो दोस्रो स्वर्ण हो । च्याम्पियनसिपमा अभिनवले यसअघि पुम्सेमा स्वर्ण जितेका थिए ।
यस्तै महिलाको ४६ केजीमूनिको तौल समूहमा स्वर्ण जितेकी हुन् । सितुले फाइनलमा अष्ट्रेलियाकी एमी लिलाई १२–३ को फराकिलो अंकले हराएर स्वर्ण जितेको टिम व्यवस्थापक कविराज नेगी लामाले जानकारी गराए । सितुले शनिबार पुम्सेमा कास्य जितेकी थिईन् । पुम्सेमै नेपालकी यङचेन शेर्पाले समेत स्वर्ण जितेकी थिइन् ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]