default_image

7 years ago

July 30, 2018

एसियाडका लागि गल्फ टोली थाइल्यान्डतर्फ

159 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आसन्न जाकार्ता र पालेङवाङ एसियाडका लागि नेपाली गल्फ टोली थप प्रशिक्षणका लागि थाइल्यान्ड प्रस्थान गरेका छन् ।


चार खेलाडी र नेपाल गल्फ संघका अध्यक्ष टासी घले सोमबार थाइल्यान्ड प्रस्थान गरेका हुन् । प्रशिक्षक दीपक आचार्य भने १० दिनपछि थाइल्यान्ड जानेछन् । नेपालले थाइल्यान्डमा थाइल्यान्डका प्रशिक्षक यिमसँग स्प्रिङ फिल्ड गल्फ कोर्षमा करिव १५ दिन विशेष प्रशिक्षण लिनेछन् । त्यसपछि नेपाली टोली एसियाडका लागि इन्डोनेसिया प्रस्थान गर्नेछन् ।

नेपाली गल्फ टोलीमा टंक बहादुर कार्की, शुक्र राई, पृथ्वी मल्ल र अजित विके रहेका छन् । नेपालले एसियाडमा पुरुषतर्फ टिम इभेन्टस र एकलमा प्रतिस्पर्धा गर्नेछन् । नेपाल ओलम्पिक कमिटि (एनओसी)का अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले नेपाली गल्फले पछिल्लो समय मिहेनत र सक्रियता देखाएको बताउदै टिमलाई राम्रो प्रदर्शन गर्न सुझाव दिए ।

‘ओलम्पिक कमिटिले गल्फलाई उच्च प्राथमितामा राखेको छ । गल्फले एसियाडमा निरन्तरता पाइरहेको छ ।’ अध्यक्ष श्रेष्ठले टिमलाई बिदाई गर्दै भने, ‘खेल र पर्यटनलाई गल्फले जोड्ने काम गरेको छ । त्यसैले हामीले नेपालमै हुने १३ औं साग गेम्समा च्वाइस गेम्सको रुपमा गल्फलाई समावेश गरेका छौं । एसियाडमा स्तर उन्नत र सफलताको शुभकामना व्यक्त गर्दछु ।’

नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले वैदेशिक प्रशिक्षण केही ढिला भएको बताएका छन् । ‘टिम २० तारिख मै थाइल्यान्ड जाने कार्यक्रम थियो । तर, विविध कारणले जाने ढिला हुने पुगेको छ ।’ बिदाईमा अध्यक्ष घलेले भने, ‘हामीले गोकर्ण गल्फ क्लबमा विगत दुई महिना देखि निरन्तर प्रशिक्षण गरिरहेका छौं । एसियाडले साग गेम्सलाई फाइदा हुने विश्वास हामीले लिएका छौं ।’ गल्फका प्रशिक्षक दीपक आचार्यले टिम दुई महिनादेखि निरन्तर बन्द प्रशिक्षणमा रहेकाले यसपटक टिमले राम्रो प्रदर्शन गर्ने बताए ।

‘अघिल्ला वर्षको तुलनामा यसपटक टिमले राम्रो तयारी गरेका छन् । खेलाडीहरु शारीरिक रुपमा फिट देखिएका छन् । हामीले एसियाड र सागलाई मात्र फोकस गरेर प्रशिक्षण गरेका छैनौ । भविष्यलाई पनि योजना बनाएर प्रशिक्षण गरिहेका छौं ’ प्रशिक्षक आचार्यले भने, ‘प्रशिक्षणमा सबै खेलाडीले आफ्नो प्रर्दनमा सुधार गरेका छन् । पदक ल्याउने सम्भावना छ । स्थिति पनि कमजोर छैन । तर, सहज भने छैन ।’

यस्तै प्रशिक्षक आचार्यले प्रशिक्षणको रुपमा थाइल्यान्ड रोजिनुको कारण मौसमलाई घुलमिल गराउन रहेको र यहाँको प्रशिक्षणले खेलाडीमा थप सुधार आउने बताए । एसियाडमा गल्फका खेलहरु अगस्ट २३ देखि २६ तारिखसम्म पोनडोक इनडाह गल्फ कोर्षमा हुनेछ ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.