7 years ago
August 3, 2018
काठमाडौं (हाम्रो खेलकद)– गोल्ड कोस्ट ओपनमा तेक्वान्दो च्याम्पियनसिपमा पदक विजेता खेलाडी अस्ट्रेलियामा सम्मानित भएका छन् । अस्ट्रेलियामा शुक्रबार आयोजित एक कार्यक्रममा न्यु साउथ वेल्समा रहेको नेपाली दुतावासका कन्सुलर दीपक खड्काले सम्मान गरेका हुन् ।
गत २८ र २९ जुलाईसम्म भएको नवौं गोल्ड कोस्ट ओपनमा नेपालका लागि पदक विजेता सितु सिंह मास्के, अभिनव शाक्य र यनचेङ शेर्पा तथा प्रशिक्षकद्वय कुमार लामा घिसिङ र कविराज नेगी लामा सम्मानित भएका हुन् ।
पदक विजेता तेक्वान्दो टोलीलाई कन्सुसलर खड्का र गुठी अस्ट्रेलियाका सल्लाहकारले बधाई दिँदै सम्मानपत्र प्रदान गरेका थिए । अभिनवले पुम्से र ग्यरोगीमा स्वर्ण जित्दा सितुले ग्यरोगीमा स्वर्ण र पुम्सेमा कांस्य पदक जितका थिए । यनचेङले पुम्सेमा मात्र सहभागिता जनाउँदा स्वर्ण पदक जितेकी थिइन् ।
सो अवसरमा कन्सुलर खड्काले विदेशमा स्वर्ण जित्दै नेपालको नाम उचो राख्ने खेलाडी देशको गहना रहेको बताए । खड्काले भने ‘तपाईहरुले यहाँ पाउनु भएको सफलतामा धन्यवाद दिन चाहन्छु । साथै आभर व्यक्त गर्दछु । आगामी दिनमा पनि सोही किसिमको नतिजा प्राप्त गर्नु हुनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।’
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]