7 years ago
August 6, 2018
काठमाडौं(हाम्रो खेलकुद)– थाइल्यान्डको बैंककमा भएको नर्थ बैंकक थाइल्यान्ड युनिभर्सिटी जुडो च्याम्पियनसिपका पदक विजेतासहितको नेपाली टोलीलाई सोमबार अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल जुडो संघले स्वागत गरेको छ ।
अगष्ट ४ र ५ तारिखमा भएको प्रतियोगितामा नेपालले २ स्वर्ण, १ रजत र १ कांस्य पदक जितेको थियो । टोलीलाई जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य, महासचिव धर्मकुमार श्रेष्ठ, कोषाध्यक्ष विपिन श्रेष्ठलगायतका पदाधिकारी, खेलाडी, प्रशिक्षकले स्वागत गरेका थिए ।
पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ र महिला ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधानले नेपाललाई स्वर्ण दिलाएका थिए । १५ प्रतिस्पर्धी सहभागी स्पर्धामा इन्द्रले ४ खेलाडीलाई पराजित गरे । उनले थाइल्यान्डका २ तथा युएई र जापानका खेलाडीलाई हराए ।
११ खेलाडी सहभागी महिला ५७ केजीमुनि मनीताले भियतनाम, सिंगापुर, मलेसिया र थाइल्यान्डका खेलाडीलाई हराइन् । महिला ७८ केजीमुनि पुनम श्रेष्ठले रजत जितिन् । पुनमले लाओसकी खेलाडीलाई पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरेकी थिइन् । फाइनलमा पुनम थाइल्यान्डकी खेलाडीसंग चुकिन् ।
त्यस्तै महिला ५२ केजीमुनि देविका खड्काले कांस्य हात पारिन् । गत संस्करणमा नेपालले उक्त प्रतियोगितामा २ कांस्य जितेको थियो । इन्द्र र उमेश मगरले कांस्य हात पारेका थिए ।
स्वदेश फर्किएको नेपाली जुडो टोली ८ तारिखमा हंगेरी प्रस्थान गर्ने नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष श्रेष्ठले जानकारी गराए । ‘हामीले हंगेरीका लागि ८ तारिखलाई भिसा अनुरोध गरेका छौं । भिसा आए टोली सोही दिन हंगेरी प्रस्थान गर्नेछ ।
१० देखि १२ तारिखसम्म हंगेरीमा आयोजना हुने बुढापेस्ट ग्रान्ड प्रिक्स जुडो च्याम्पियनसिपमा सहभागिता जनाउनेछ । अध्यक्ष श्रेष्ठले भने, ‘८ मा नभए ९ तारिखमा टोली हंगेरी प्रस्थान गर्ने र पहिलो दिनको तौल समूहको खेल गुमाउनेछ ।’
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]