7 years ago
August 7, 2018
काठमाडौं (हाम्रो खेलकुद)– इन्टनेसनल नेप्लिज तेक्वान्दो एसोसिएसन (आइएनटिए) ले १८ औं एसियाली खेलकुदमा भाग लिने नेपाली तेक्वान्दो टोलीलाई २ लाख रुपैयाँ बराबरीको ट्रयाकसुट उपलब्ध गराएको छ ।
१४ खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरि २० जनालाई आइएनटिएले ट्रयाकसुट उपलब्ध गराएको टोलीका प्रशिक्षक दीपक विष्टले जानकारी दिए । नेपाली खेलाडी झन्डै ३ महिनादेखि कोरियामा प्रशिक्षण लिइरहेका छन् । कोरियाबाट नेपाली टोली १५ अगस्टमा इन्डोनेसिया जाने छ ।
अगस्ट १८ मा एसियाडको उद्घाटन हुनेछ । तेक्वान्दोको प्रतिस्पर्धा अगस्ट १९ देखि २३ सम्म हुनेछ । नेपाली १० खेलाडीले गेरुगी र ४ ले पुम्सेमा प्रतिस्पर्धा गर्नेछन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने नेपाली टोलीलाई आइएनटिएले हरेक पटक सहयोग गर्दै आएको नेपाल तेक्वान्दो संघका सचिव समेत रहेका ओलम्पियन विष्टले जानकारी दिए ।
अमेरिकामा रहेको ओलम्पिन विधान लामाको अध्यक्षतमा रहेको आइएनटिएमा एसियाड पदक विजेता सविता राजभण्डारी र सपना मल्ल , सागका पदक विजेता कमल क्षत्री, पूर्व राष्ट्रिय खेलाडी अच्युत बास्कोटा उपाध्यक्ष छन् ।
त्यस्तै ओलम्पियन नारायण गुरुङ महासचिव, एसियाड र सागका किशोर श्रेष्ठ कोषाध्यक्ष तथा सागका पदक विजेता निर्मल श्रेष्ठ सह महासचिव छन् ।
एसियाड र सागको पदक विजेता रेणुका थापा मगर र रितु जिमी राई, नवौं सागका पदक विजेता निरञ्जन श्रेष्ठ, सागकी पदक बन्दना श्रेष्ठ, पासाङ लामा, कल्पना क्षेत्री, पुष्प थापामगर, विमा राई लगायत आइएनटिएको सदस्यमा छन् ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]