default_image

7 years ago

August 10, 2018

एसियाडमा पदक जित्ने खेलाडीलाई युयुएनटीएफको पुरस्कार घोषणा

167 views

0 Bookmark

सुरज भण्डारी

अमेरिका –इन्डोनेसियामा अर्को महिना हुने १८ औं एसियाली खेलकुदमा तेक्वान्दोमा पदक जित्ने नेपाली खेलाडीलाई युनिभर्सल युनाइटेड नेपलिज तेक्वान्दो फेडेरेशन (युयुएनटिएफ) ले नगद पुरस्कारको घोषणा गरेको छ ।

विश्वभर रहेका नेपाली तेक्वान्दो पूर्व प्रशिक्षक, प्रशिक्षक एवं खेलाडीहरुको संस्था युयुएनटिएफ एसियाडमा स्वर्ण पदक जित्नेलाई ५ लाख रुपैयाँ दिने घोषणा गरेको छ । रजत पदक जित्नेलाई ३ लाख र कास्य पदक जित्नेलाई १ लाख ५० हजार रुपैयाँ दिने बताएको छ ।

अन्तराष्ट्रिय खेलकुदमा सहभागि खेलाडीको मनोबल उच्च बनाउन मद्दत मिल्ने भएकाले पुरस्कारको घोषणा गरिएको संस्थाका अध्यक्ष सन्तोष प्रधानले बताए । उनले भने, अन्तरािष्ट्रय क्षेत्रमा नेपालको शान बढाउने खेलाडीलाई आगामी दिनमा अझ बढी सहयोग गर्न सकौं भन्ने हाम्रो चाहना छ ।

संस्थाले एसियन खेलकुदको तयारीका लागि हाल दक्षिण कोरियामा रहेका तेक्वान्दो खेलका खेलाडी तथा प्रशिक्षकलाई २ लाख मुल्य बराबरको ट्राकसुट समेत सहयोग गरेको थियो । संस्थाका नेपाल च्याप्टरका पूर्व अध्यक्ष एवं सल्लाहकार नोर्वु लामा मार्फत ट्राकसुट त्यहाँ प्रशिक्षण रहेका खेलाडी तथा प्रशिक्षक गरी २० जनालाई उपलब्ध गराएको संस्थाका महासचिव लभ गोर्खालीले जानकारी दिए ।

एसियाड भदौ २ गते सुरु हुदैछ । एसियाडमा तेक्वान्दोको प्रतिस्पर्धा भदौ ३ गतेबाट सुरु हुनेछ । नेपाली टोलीलाई पूर्व ओलम्पियन खेलाडी दिपक विष्ट, संगिना वैद्य र बद्री घिमिरेको प्रशिक्षण दिइरहेका छन् । प्रधानको नेतृत्वमा रहेको संस्थाको २३ सदस्यीय कार्यसमिति छ ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.