7 years ago
August 19, 2018
दिपक न्यौपाने
जकार्ता –एसियाड खेलकुदमा पदकको अपेक्षा गरिएको तेक्वान्दोको पुम्सेतर्फको नेपालको पदकको सम्भावना सकिएको छ । नेपालले तेक्वान्दोको पुम्से टिम इभेन्टमा उज्वेकिस्तानबाट वार्कओभर पाएपछि पदकको आशा गरिएको थियो ।
नेपालले पुुम्सेमा व्यक्तिगततर्फ १ पुुरुष, १ महिला र टिम महिलामा भाग लिएको थियो । तीन वटै इभेन्टमा नेपाल बाहिरीसकेको छ । नेपालको महिलाको टिम क्वार्टरफाइनलमा पराजित भयो ।
सिना माडेन लिम्बु, निता गुरुङ्ग र पार्वती गुुरुङ्गको टोली चाइनीज ताइपेका चेन सिआङ्ग, चेन यीसुसान, काहियुुइ लिनसँग पराजित भयो । नेपालको महिला टिमले राउन्ड अफ १६मा उज्वेकिस्तानको टिम प्रतिस्पर्धामा नउत्तिएपछि नेपाल क्वार्टरफाइनल प्रवेश गरेको थियो ।
चाइनिज ताइपे पनि वाई पाएर क्वार्टरफाइलनमा प्रतिस्पर्धा गर्दै थियो । ताइपेको टिमले ८.३८० अंक जोड्दा नेपालको टिमले ७.५४० अंक मात्र जोड्यो । पुुरुष व्यक्तिगत पुुम्सेतर्फ कमल श्रेष्ठ चाइनीज ताइपेका चेन चिङ्गसँग राउन्ड अफ १६मा पराजीत भए । कमलले ७.५१० अंक जोडे । चेनले ८.३८० अंक जोडेका थिए ।
महिला व्यक्तिगत पुुम्सेतर्फ पार्वती गुुरुङ्ग चाइनीज ताइपेकी खेलाडीसँग पराजीत भइन् । पार्वतीले ७ः५४० अंक जोडिन् । ताइपेकी खेलाडीले ८.१०० अंक जोडेकी थिइन् ।
नेपाली टोलीका प्रशिक्षक दीपक विष्टले पुुम्सेबाट पदकको आशा नगरेपछि अनुुभवका लागि सहभागीता जनाएको बताउँदै खेलाडीले राम्रो पदर्शन गरेको र साफ गेम्सका लागि यो महत्वपूर्ण हुुने बताए ।
निमाले पाइन् बाई तेक्वान्दोतर्फ नेपाली तीन खेलाडीले सोमबार प्रतिस्पर्धा गर्ने छन् । जसमा महिला ५३ केजीतर्फको निमा गुरुङ्गले प्रतिस्पर्धा गर्ने छिन् । उनले राउन्ड अफ ३२ मा वाई पाएर राउन्ड अफ १६मा लेवनानकी एओउन लाइटिटिआसँग भिड्ने निश्चित गरेकी थिइन् । उनको क्वार्टरफाइलन प्रवेशको सम्भावना बलियो रहेको बताइएको छ ।
त्यसैगरि महिलाकै ६७ केजीतर्फ संगिता बस्याल नेपालीले राउन्ड अफ १६मा फिलिपिन्सकी डार्लनेमाइ एर्पाेनसँग प्रतिस्पर्धा गर्ने छिन् । पुुरुष ५८ केजीतर्फ सागर गुुवाँजुुले राउन्ड अफ ३२ मा भुटानका दोर्जी तेन्जीङ्गसँग प्रतिस्पर्धा गर्ने छन् ।
सागरले भुुटानलाई हराउँदै अन्तिम १६मा प्रवेश गर्ने सम्भावना बलियो रहेको दावी गरे । उनले आफूले सक्दो मेहेनत गरेको बताए । नेपालले तेक्वान्दोमा ६पुुरुष र ८ महिलाले प्रतिस्पर्धा गर्दै छन् । तेक्वान्दो टोलीले दक्षिण कोरियामा विशेष प्रशिक्षण लिएर जकार्ता आएको हो ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]