7 years ago
August 19, 2018
दिपक न्यौपाने
जकार्ता – १८ औं एसियाडअन्तर्गत आइतबार भएको खेलमा जित निकाल्दै नेपालको पुरुष ब्याडमिन्टन टोली क्वार्टरफाइलनमा प्रवेश गरेको छ । राउन्ड अफ १६को खेलमा नेपालले पाकिस्तानलाई ३-१ ले पराजित गरेको छ ।
नेपालका आशा गरिएको खेल तेक्वान्दोको पुम्सेमा पराजय भोगेको दिन ब्याडमिन्टनमा भने नेपालले जितबाट शुरुआत गरेको छ । नेपालको पुुरुष टिम इभेन्टको राउन्ड अफ १६मा नेपालका खेलाडी रत्नजित तामाडले मोहमद इराफान भाटीलाई २१-१२, २१-११ को सेटमा हराए ।
त्यसैगरि दिपेश धामीले एजिम सर्वारलाई २१-१६, २१-१० ले हराए । नविन श्रेष्ठ भने रिजवान अजमसँग २१-१३, १८-२१, १५-२१ मा पराजित भए । दिपेश थामी र रत्नजित तामाडको टिमले रिजवान र सुलेहरी कासिफललाई २१ -१७, १७-२१ र २१-५ ले पराजित गरेका थिए । नेपालले क्वार्टरफाइनलमा चाइनजीज ताइपेसँग भिड्ने छ ।
महिलातर्फ भने नेपाल पराजीत भएको छ । माल्दिभ्सले ३(२ को सेटमा नेपाललाई पराजीत ग‘¥यो । टिम इभेन्टतर्फ नंगशला तामाङ्गमाले माल्दिभ्सकी फाथिमाथ अब्दुललाई २-०को सेटमा हराइन् ।
जेसिका गुरुङ्गले माल्दिभकी अमिनाथलाई २(१ को सेटमा हराइन् । रसिला महर्जन पराजीत भइन् । त्यसैगरि युुगलतर्फको दुुइवटा प्रतिस्पर्धा नेपालले गुमायो ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]