default_image

7 years ago

August 25, 2018

एसियाड ब्याडमिन्टनः नङ्सल प्रि–क्वाटरफाइनलमा पराजित

185 views

0 Bookmark

दीपक न्यौपाने

जकार्ता- नेपाल नम्वर एक नङ्सलदेवी तामाङ इन्डोनेसियाम जारी एसियाड अन्र्तगतको ब्याडमिन्टनको महिला एकलतर्फको प्रि–क्वाटरफाइनलमा पराजित भएकी छन् । शनिबार भएको खेलमा नङ्सल जापानकी यामागुची एकानेसँग २–० का सोझो सेटमा पराजित भएकी हुन् ।

नङ्सलले पहिलो सेट २१–७ र दोस्रो सेट २१–१२ ले गुमाइन् । यस्तै पुरुष डबल्सतर्फ विकास श्रेष्ठ र नवीन श्रेष्ठको जोडी प्रि–क्वाटरफाइनलमा मलेसियाका भिसेम गोव र वि कियोङ टानको जोडीसँग २१–९ र २१–१२ को सेटमा पराजित भए । यससँगै एसियाडमा नेपालको ब्याडमिन्टनको चुनौती समाप्त भएको छ । ब्याडमिन्टनमा पुरुष टिम क्वाटरफाइनलमा पुग्नु नै ठुलो बन्यो ।

पुरुष सिंगल्स्मा रत्नजित तामाङ र बिकास श्रेष्ठ र महिला सिंगल्स्मा नङ्सलदेवी तामाङ र जेसिका गुरुङ, पुरुष डबल्स्मा रत्नजित र दिपेश धामी, महिला डबल्स्मा नङ्सल र जेसिका, मिक्स डबल्स्मा रत्न र नङ्सल तथा दिपेश र जेसिकाको जोडी र पुरुष टिम इभेन्टस र महिला टिम गरी सात इभेन्टस्मा नेपालले प्रतिस्पर्धा गरेको थियो ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.