7 years ago
August 27, 2018
जाकार्ता (हाम्रो खेलकुद) – नेपालकी अनु अधिकारी इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद अन्र्तगतको करातेमा पदक जित्नबाट चुकेकी छिन् ।
जेसीसी प्लेनरी हलमा सोमबार कास्यपदकको लागि भउको खेलमा अनु जापानकी मियाहारा मिहोसँग ९–० ले पराजित हुदै पदक जित्नबाट चुकिन् । रेपिचेजको अनुले रेपिचेजमा लाओसकी सिरीभिमोन मोङखोउनेलाई ३–१ ले पराजित गर्दै पदक नजिक पुगेकी थिइन् ।
अनुले यसअघि प्रि–क्वाटरफाइनलमा मकाउकी आइ चिङ चियुङलाई ५–१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएकी थिइन् । क्वाटरफाइनलमा चाइनिज ताइपेइकी सिआउसुहाङ घुसँग ७–२ ले पराजित भएपनि अनुमाथि जित हात पारेको सिआउसुहाङ फाइनल प्रवेश गरेपछि अनुले रेपिचेजको मौका पाएकी हुन् ।
यससँगै एसियाडमा नेपालको करातेको चुनौती पनि समाप्त भएको छ । एसियाडमा करातेमा नेपालले आठ खेलाडीले प्रतिस्पर्धा गरेको थियो ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]