7 years ago
August 29, 2018
जाकार्ता (एजेन्सी)-इन्डोनेसियामा जारी एसियन गेम्स अन्र्तगत टेबल टेनिस अन्र्तगतको मिक्स डबल्स्मा नेपालको चुनौती समापत भएको छ । जेआइ एक्स्पो हल ‘बी’ मा बुधबार भएको मिक्स डबल्स्को स्पर्धामा नेपालक नविता श्रेष्ठ र स्यान्टु श्रेष्ठको जोडी तथा अमरलाल मल्ल र स्वेच्छा नेम्वाङको जोडी प्रि–क्वाटरफाइलबाट बाहिरिएको हो ।
प्रि–क्वाटरफाइनलमा नविता र स्यान्टुको जोडी चीनका गाओ युयान लिन र म्यान वु वाङको जोडीसँग ३–१ को सेटमा पराजित भइन् । पहिलो र दोस्रो सेट ११–६ र ११–१ ले गुमाएपनि तेस्रो सेट स्यान्टु र नविताको जोडीले १३–११ ले जितेको थियो । तर चौथो सेट ११–७ ले गुमाउन पुग्यो ।
त्यसअघि यि दुई जोडीले मंगोलियाको टेमुलेन म्यान्डल र अन्डराम मखवातलाई १३–११, ११–७ र ११–९ को सेटमा पराजित गर्दै अन्तिम १६ मा पुग्न सफल भएको थियो । अर्काे प्रि–क्वाटरफाइनलमा अमरलाल मल्ल र स्वेच्छा नेम्वाङको जोडी हङकङकी चुन टिन वोङ र होइ किङ डुको जोडीसँग ११–४, ११–४ र ११–१ को सोझो सेटमा पराजित भयो ।
यसअघि यो जोडीले कतारका अब्दुल रहमान नाग्गर र महा फारामार्जीको जोडीमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै अन्तिम १६ मा पुग्न सफल भएको थियो । शुरुवाती दुई सेट ८–११ र ७–११ ले गुमाएपनि त्यसपछि उत्कृष्ट पूनरागमन गर्दै तीनै सेट क्रमशः ११–५, ११६ र ११–४ ले आफ्नो पक्षमा पार्दै प्रि–क्वाटरफाइनलमा स्थान बनाएका थिए ।
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]