7 years ago
August 30, 2018
काठमाडौं (एजेन्सी)– दक्षिण एसियायली खेलकुद (साग) की स्वर्ण पदक विजेता जुडोकी फूपूल्हामु खत्री इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुदमा भने पहिलो खेल मै निराश भएकी छिन् ।
आयोजक इन्डोनेसियाकी युली अर्डिलिया फार्दिफ्थासँग महिला जुडोको अन्तिम १६ मा १–० ले पराजित हुँदै फूपू एसियाडबाट बाहिरिएकी छिन् । खेलको ३०सेकेन्डमा युलीले वाजारी अंक प्राप्त गरेकी थिइन् ।
फूपू भने अंक जोड्न असफल रहिन् । आयोजकी खेलाडीले रक्षात्मक खेल्दै प्राप्त अंकलाई जोगाएकी थिइन् । १२ औं सागकी स्वर्ण पदक विजेता फूपू जापानबाट स्वदेश फर्केर इन्डोनेसिया पुगेकी थिइन् । उनी ओलम्पिकको तयारीका लागि जापानमा प्रशिक्षण गरिरहेकी छिन् ।
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]