7 years ago
September 24, 2018
ललितपुर (हाम्रो खेलकुद)-माहिका राणा र प्रेरणा कोइराला वर्सेटेनर ललितपुर जिल्ला राष्ट्रिय खुला टेनिस प्रतियोगिताअन्तर्गत महिला सिंगल्स्को फाइनलमा प्रवेश गरेकी छन् ।
माहिकाले अभिलाषा विष्टलाई तथा प्रेरणाले मायांका राणालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेकी हुन् । सातदोबाटोस्थित टेनिस कोर्टमा सोमबार भएको सेमिफाइनलमा माहिकाले अभिलाषा विष्टलाई ६–२ र ६–१ सेटमा पराजित गर्दै उपाधिनजिक पुगिन् ।
सोमबारै भएको अर्काे सेनिफाइनल खेलमा प्रेरणा कोइरालाले मायांका राणालाई २–१ को सेटमा पराजित गर्दै फाइनलमा माहिकासँगको भेट पक्का गरिन् । पहिलो सेट ३–६ ले गुमाएपनि त्यसपछिको दुवै सेटमा प्रेरणाले उच्च प्रदर्शन गर्दै जित निकाल्न सफल भईन् । प्रेरणाले दोस्रो सेटमा ७–६ को कठिन जित निकाल्दा तेस्रो सेटमा ६–४ को जित निकालिन् ।
पुरुष सिंगल्सतर्फ निक रासट्रपले सेमिफाइनलमा स्थान बनाए । निकले निसान श्रेष्ठलाई ६–० र ६–० को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाए । प्रदीप खड्काले नविन मगरलाई ६–३ र ६–२ ले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भए ।
जितेन्द्र परियार र सन्तोष खत्री पनि अन्तिम चारमा स्थान सुरक्षित गरेका छन् । जितेन्द्रले कमल भण्डारीलाई ६–० र ७–६ को सेटले हराएका थिए। सन्तोषका प्रतिद्वन्द्वी महेस श्रेष्ठ रिटायर्ड हर्ट भएका थिए ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]