7 years ago
September 26, 2018
काठमाडौं (हाम्रो खेलकुद)-प्रेरणा कोइराला र निक रासट्रप तेस्रो वर्सेटेनर ललितपुर जिल्ला राष्ट्रिय टेनिस प्रतियोगिताको च्याम्पियन बनेका छन् । प्रेरणा महिला एकलतर्फ र निक पुरुष एकलतर्फ च्याम्पियन बनेका हुन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा बुधबार भएको खेलमा प्रेरणाले साविकको विजेता माहिका राणालाई २–१ को सेटमा पराजित गर्दै च्याम्पियन बनिन् । पहिलो सेट ६–० को सोझो सेटमा गुमाएपनि प्रेरणाले त्यसपछिको दुवै सेटमा प्रेरणाले उच्च प्रदर्शन गर्दै ६–३ र ६–२ को सहज जित निकाल्न सफल भइन् ।
पुरुष एकलतर्फ निकले जितेन्द्र परियारलाई २–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भए । निकले पनि पहिलो सेट ४–६ ले गुमाए । तर, त्यसपछिको दुवै सेटमा निक हावी बने । प्रतिस्पर्धात्मक दोस्रो सेटमा निकले ७–५ को संघर्षपूर्ण जित निकाल्दा तेस्रो सेटमा ६–३ को सहज निकाल्न सफल भए । यो उनको पहिलो उपाधिसमेत हो ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]