default_image

7 years ago

October 1, 2018

युथ ओलम्पिकमा नेपालले तीन खेलमा प्रतिस्पर्धा गर्ने

156 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अर्जेन्टिनाको ब्युनर्स आयर्समा आयोजना हुने तेश्रो युथ ओलम्पिक गेममा जाने ६ सदस्यीय नेपाली टोलीलाई सोमबार विदाई गरिएको छ । ३ खेलाडी र ३ अफिसियल गरी ६ सदस्यीय नेपाली टोलीलाई नेपाल ओलम्पिक कमिटमा कमिटिका अध्यक्ष एवं सांसद जीवनराम श्रेष्ठले विदाई गरे ।

असोज २० देखि कार्तिक १ गते ९अक्टोबर ६ देखि १८० सम्म आयोजना हुने युथ ओलम्पिकमा नेपालले ब्याडमिन्टन, एथलेटिक्स र जुडो खेलमा प्रतिस्पर्धा गर्नेछ । ब्याडमिन्टनमा रुकेश महर्जनले पुरुष एकलमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै एथलेटिक्समा लुजला अमात्यले २ सय मिटरमा तथा जुडोमा सोनिया भट्टले ४४ केजी मुनिको तौलमा प्रतिस्पर्धा गर्ने ओलम्पिकले जनाएको छ ।

नेपाली टोलीको नेतृत्व ब्याडमिन्टन प्रशिक्षक किरण थापाले गर्नेछन् । उनले सेभ दि मिसनको भूमिका समेत निर्वाह गर्ने ओलम्पिकले जनाएको छ । यस्तै एलेटिक्सको प्रशिक्षकमा विमला जोशी र जुडोको प्रशिक्षकमा विजय कुमार गुरुङ रहेका छन् ।

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

December 4, 2025

अर्जुनधारा महिला भलिबल- एपिएफको दोस्रो जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]

Success

Thank you for your time.