7 years ago
December 13, 2018
काठमाडौं (हाम्रो खेलकुद)– बोसीगाँउ स्पोर्टस क्लबको आयोजनामा अर्को महिना तीन देशका खेलाडीबीच मैत्रीपूर्ण बक्सिङ प्रतियोगिता आयोजना हुने भएको छ । पुस २५ र २६ गते इन्द्रमाया महर्जन स्मृति बक्सिङ प्रतियोगिता ओजना गरिने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
२०७२ को विनाशकारी भूकम्पमा परि ज्यान गुमाएकाहरुको सम्झनामा प्रतियोगिता आयोजना गर्न लागेको आयोजक क्लबका अध्यक्ष एंवम् एसियाली खेलकुदका पदक विजेता दीपक महर्जनले बताएका छन् । उनकी आमा इन्द्रमायाको पनि भूकम्पमा परि निधन भएको थियो ।
नेपाल बक्सिङ संघको तत्वाधानमा हुने प्रतियोगितामा नेपालको दुई टोली, भुटानको राष्ट्रिय टोली र भारतको हरियाणाको एउटा टोलीले भाग लिने बताइएको छ । प्रतियोगितामा हलिातर्फ ४८,५१,५४ र ६० तथा पुरुषतर्फ ४९,५२,५६,६०,६४,६९ र ७५ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
हरके तौल समूहको विजेताले १५ हजार दोस्रो हुनेले १० हजार तेस्रो हुने दुई खेलाडीले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । श्री मच्छिन्द्रनाथ इट्टा उद्योगको मुख्इ प्रायोजना हुने प्रतियोगिताको खाना तथा आवासको सबै व्यवस्था आयोजक क्लबले गर्ने बताइएको छ । प्रतियोगितामा झन्डै ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]