default_image

7 years ago

December 15, 2018

पर्शुराम र प्रज्ज्वललाई युरो किड्सको सम्मान

157 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युरो किड्स गोंगबुले राष्ट्रिय कराते खेलाडी पर्शुराम बास्तोला र पूर्व फुटबल खेलाडी तथा प्रशिक्षक प्रज्वलप्रताप क्षत्रीलाई सम्मान गरेको छ । युरो किड्सले वार्षिक खेलकुद दिवसका अवसर पारेर शनिबार सम्मानित गरेको हो ।

बानियाँटारस्थित विद्यालयमा आयोजित कार्यक्रममा विद्यालयका अध्यक्ष विनोद पाण्डे, निर्देशक मुकुन्दप्रसाद पाण्डेलगायतले ताम्रपत्र प्रदान गरी उनीहरुलाई सम्मान गरेका हुन् ।

राष्ट्रको नाम फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकाले पर्शुराम र प्रज्ज्वललाई सम्मान गरिएको अध्यक्ष पाण्डेले बताए । सम्मानपछि काता खेलाडी बास्तोलाले सम्मानले खेलमा अझै प्रतिबद्ध हुन थप हौसला र उर्जा मिलेको बताए ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.