default_image

7 years ago

January 19, 2019

१३ औं साग पूर्व निर्धारित मितिमा नहुने पक्का !

214 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा हुने भनिएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) पूर्व निर्धारित तिथिमा नहुने भएको छ । सन् २०१९ को मार्चमा हुने भनिएको साग तयारी पुरा नभएको भन्दै १३ औं सागको सचिवालयबाट पत्र प्राप्त भएको नेपाल ओलम्पिक कमिटि (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले शनिबार हाम्रो खेलकुदलाई बताएका छन्

नेपाल ओलम्पिक कमिटि (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ ।

साग आयोजनको मुख्य स्थलका रुपमा रहेको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला अझै तयार भइनसकेकोले दुई महिना पछिका लागि तय भएको साग सर्ने निश्चित भएको छ । नेपाल सरकार मातहत गठित १३ औं साग आयोजना सचिवालयबाट एनओसीलाई पत्र प्राप्त भएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले भने, ‘मार्चमा आयोजना गर्न तयारी नपुग्ने भएकोले सेप्टेम्बरमा आयोजना गर्न सरकार तयार छ भन्ने पत्र प्राप्त भएको छ । अब यो विषयलाई दक्षिण एसियाली ओलम्पिक काउन्सिलमा छलफल गर्नेछौं । ’

श्रेष्ठले एनओसी अध्यक्षका नाताले युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मासँगको भेटमा पनि उनले सेप्टेम्बरमा सार्नका लागि पहल गर्न आग्रह गरेको स्मरण गरे । दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष समेत रहेका श्रेष्ठले भने, ‘मन्त्री ज्यूसँग पनि भेट गरे । उहाँले पनि सेप्टेम्बरमा आयोजना गर्नेका लागि तिथि मिथि काउन्सिलबाट तय गर्न भन्नु भएको छ ।’

श्रेष्ठले सागको नयाँ तिथिका बारेमा छलफल गर्न जनवरीमा बैठक राख्न कोशिस गरिए पनि सफल नभएकाले अब मार्चमा बैंककमा बैठक बस्ने जानकारी दिएका छन् । ‘काउन्सिलका सदस्य राष्ट्रको व्यस्तताका कारण जनवरीमा बैठक बस्न सकिएन । अब मार्चमा बैंककमा एसियन ओलम्पिक काउन्सिलको साधारण सभा हुँदैछ,” श्रेष्ठले थपे, त्यहि हामी दक्षिण एसियाली काउन्सिलको बैठक बस्ने गरि तयारी गरिरहेका छौं । त्यो बैठकले नयाँ मिति तय गर्नेसक्छ ।’

सागको नयाँ मितिका लागि काउन्सिलको सदस्य राष्ट्रको सहमति जुट्ला त भन्ने प्रश्नमा श्रेष्ठको जवाफ थियो, ‘मार्चमा नहुनेमा सबैले बुझ्नु भएको छ । तर , सेप्टेम्बरमै हुन सक्छ त भन्नेमा उहाँहरुको बढी चासो देखिन्छ । ‘

सेप्टेम्बरमा पनि आयोजना गर्न नसकेको खण्डमा सन् २०२० मा साग हुन कठिन हुने श्रेष्ठको आकलन छ । अर्को वर्ष ओलम्पिकको बर्ष भएकाले पनि साग हुने सम्भावना कम रहन्छ । १३ औं सागमा २७ खेल आयोजना गर्ने यसअघि नै निर्णय भइसकेको छ ।

१३ औं सागमा समावेश खेलहरु
आर्चरी, एथ्लेटिक्स, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, साइक्लिङ, फिल्ड हक्की, फुटबल, ह्यान्डबल, जुडो, कबड्डी, खो–खो, सुटिङ, स्क्वास, स्वीमिङ, टेबल टेनिस, तेक्वान्दो, लन टेनिस, ट्रायथोलन, भलिबल, भारोत्तोलन, कुस्ती, उसु, कराते, गल्फ, क्रिकेट र प्याराग्लाइडिङ

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.