7 years ago
January 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पिक छात्रबृतिमा जापानमा रहेकी नेपाली जुडो खेलाडी फुपुल्हामु खत्री विना जानकारी स्वदेश फर्केको नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले आरोप लगाएका छन् ।

एनओसीको पहलमा अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइसोसी) र जापान ओलम्पिक कमिटीको छात्रवृत्तिमा अर्को वर्ष आयोजना हुने ओलम्पिकका लागि प्रशिक्षण अवसर पाएकी फुपु दुई साता अघि स्वदेश फर्केको बताइएको छ ।
यद्दपी उनले स्वदेश फर्केर एनओसी वा जुडो संघमा सम्पर्क नगरेको श्रेष्ठले बताएका छन् । फुपु आठ महिनाअघि जापान गएकी थिइन् । भदौमा इन्डोनेसियाको जाकार्तामा आयोजना भएको १८ औं एसियाली खेलकुदमा पनि उनले जापानबाटै गएर भाग लिएकी थिइन् ।
जापान ओलम्पिकबाट फुपुको बारेमा प्राप्त रिपोर्ट सन्तोषजनक नरहेको उल्लेख गर्दै श्रेष्ठले भने, ‘आइसोसीको सोलिडारिटी कोर्स अन्तर्गत नै २ जनालाई दीर्घकालिन प्रशिक्षण दिने भरेर छात्रबृति प्राप्त गरेका थियौं । जसले छनोट चरण पार गरेर ओलम्पिक खेल्न सक्छन् की भन्ने आशा थियौं । फुपु त्यहि अनुरुप पहिला गएकी थिइन् । ‘
श्रेष्ठले अर्को खेलाडीको प्रक्रिया अघि बढाउँदा बढाउँदै फुपु फर्केपछि अर्को खेलाडी पठाउनेमा पनि दुविधा भएको बताए । ‘फुपु यसरी फर्केपछि अर्को खेलाडी मनिता श्रेष्ठलाई पठाउने विषयमा असर परेको छ,’ श्रेष्ठले थपे, ‘जापानबाट अहिले राम्रो रेस्पोन्स आएको छैन ।’
श्रेष्ठले फुपुले जापान गए देखि नै अनेक खालेको समस्या देखाउने गरेको उल्लेख गरको छन् । ‘जाने वित्तिकै गाह्रो भयो, नेट भएन । अलि पछि खाना मिलेन भन्ने खबर आयो,’ उनले अगाडी भने,’सबैबाट फुपुलाई सहयोग गर्ने कोशिस भयो । तर अप्ठेरो मानेर उनी ८ महिना बसिन् । ‘

जापान ओलम्पिकबाट पठाएको रिपोर्टका आधारमा फुपुमा प्रशिक्षणतर्फ खासै चासो नरहेको पाइएको श्रेष्ठले बताएका छन् । ‘पटक पटक गुनासो गर्ने काम भयो । जे पनि गर्छु भन्ने धम्की आउन थाल्यो । संघलाई पनि टर्चर गर्ने काम भयो,’ श्रेष्ठले भने,’ उद्देश्यमा उनी गम्भिर नभएको पाइयो । तर पनि जसरी नी फर्कने भएपनि औपचारिक रुपमा फर्काउन प्रयास हुँदा हुँदै उनी फर्केर आइन् । अहिले फर्केपछि पनि एनओसी वा जुडो संघलाई औपचारिक जानकारी दिइकी छैनन् । ‘
खेलाडीहरुले प्रशिक्षण गर्ने विषयमा नयाँ ढंगले नसोच्ने हो भने खेलकुदमा सफलता पाउन कठिन हुने एनओसी अध्यक्ष श्रेष्ठको निष्कर्ष निकालेका छन् । उनले रिर्पोटको पुरा अध्ययन गरेर खेलाडीलाई कारवाही गर्ने विषयमा छलफल गरिने समेत बताएका छन् । फुपुले १२ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेकी थिइन् ।
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]